Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक


ग्लोबल पाना
सोमबार, असोज २७ २०८२
  • 531
    SHARES

  • images
    ‘योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

    काठमाडौं । ‘योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । लिगले सोमबार राज्य औपनिवेशिकता, बाह्य प्रभुत्व र पुँजीवादी नीतिविरुद्ध स्वदेशी स्वशासनको माग अघि सारेको छ। घोषणापत्रमा भनिएको छ, “हाम्रो भूमि, हाम्रो भाषा, हाम्रो संस्कृति हाम्रो अस्तित्वका स्तम्भ हुन्। अब मौन बस्ने समय छैन ।”

    images
    images
    images

    संगठनले यो घोषणापत्रलाई स्वदेशी युवाको चेतना, पहिचान र भविष्य निर्माणको खाका भएको जनाएको छ। घोषणापत्र अनुसार, ‘योङ इण्डिजिनिष्ट लिग’ स्वदेशी राष्ट्रहरूको आत्मनिर्णय, सांस्कृतिक पुनर्जागरण र न्यायपूर्ण समाज निर्माणका लागि युवाहरूको सामूहिक अभियान हो। संगठनले स्वदेशी अधिकारलाई केवल माग होइन, जन्मसिद्ध हकका रूपमा परिभाषित गरेको छ ।

    स्वदेशी स्वशासन सुनिश्चित गर्ने, भाषा र संस्कृति पुनर्जीवित गर्ने, र न्यायपूर्ण सशक्त समाज निर्माण गर्ने उद्देश्य उल्लेख गरिएको छ। साथै, भूमि, जल, जंगल र जैविक विविधतालाई साझा सम्पदाका रूपमा सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ । घोषणापत्रमा भनिएको छ, “जब युवा उठ्छन्, चेतना फैलिन्छ, र सामूहिक संघर्षले आवाज पाउँछ, तब मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ ।” संगठनले युवाहरूमाझ पहिचानप्रतिको गर्व र अधिकारप्रतिको जागरण फैलाउने लक्ष्य लिएको जनाएको छ ।

    साथै, अन्तर्राष्ट्रिय स्तरमा स्वदेशी अधिकारको झण्डा उच्च राख्ने र राष्ट्रिय नीति निर्माणमा स्वदेशी युवाको सहभागिता सुनिश्चित गर्ने अठोट पनि व्यक्त गरिएको छ। संगठनका अनुसार, यो घोषणापत्र विरोधको दस्तावेज मात्र नभई भविष्य निर्माणको योजना हो—जहाँ स्वदेशी पहिचान गर्व हो, भाषा जीवनको सास हो, र युवा परिवर्तनका अग्रदूत हुन्। त्यसैगरी लिगले आज जेनजी आन्दोलनमा रहेका युवाहरुसँग अन्तरक्रिया गरेका छन् ।

    अन्तरक्रियामा जेनजीहरुले गरेको आन्दोलनको उपलब्धि र अबको दिनमा आउने समस्याहरुसँग कसरी लड्न सकिने विषयमा छलफल गरेका छन् । अन्तरक्रियामा आन्दोलनमा घाइते भएकाहरुको सहभागीतामा भ्रष्टचारी‚ कुरीति र विकृतिबारे विषय उठान गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ