Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न


ग्लोबल पाना
मंगलबार, असोज २८ २०८२
  • 1,701
    SHARES

  • images
    ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न

    अधिका कुमारी थापा मगर र चन्दु बलामी विजेता घोषित

    काठमाडौं । राजधानीको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ। सौन्दर्य, प्रतिभा र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम सामरी इन्टरनेसनलको आयोजना र एमकेएम फेसन हाउसको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रमको सञ्चालन सोनु निरौलाले गरेकी थिइन्। प्रमुख अतिथि पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।

    images
    images
    images

    विशेष अतिथिका रूपमा एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवर र सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष रेशमकुमार लामा तामाङ उपस्थित थिए। निर्णायक मण्डलमा सेफ गोविन्द नरसिंह केसी, Mrs. Indigenous 2024 उपाधि प्राप्त समाजसेवी तथा उद्यमी सोनिया चाम्लिङ राई, गायक तथा र्‍यापर निर्णय श्रेष्ठ (NSK), र्‍यापर तथा राजनीतिज्ञ सिड वाग्ले, र समाजसेवी दिलसागर कटवाल रहेका थिए ।

    मिसेस तर्फ चन्दु बलामीले शीर्ष उपाधि जितिन् भने सरु कार्की फर्स्ट रनरअप र डा. मीना प्रधान सेकेन्ड रनरअप बने। मिस तर्फ अधिका कुमारी थापा मगर विजेता घोषित भइन् भने प्रेक्षा श्रेष्ठ फर्स्ट रनरअप रहिन्। त्यसैगरी विधागत उपाधिहरूमा रञ्जु कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’, युनिसा राईले ‘भ्युअर्स च्वाइस अवार्ड’, र सानु शेर्पाले ‘मेनेजमेन्ट च्वाइस अवार्ड’ जिते ।

    कार्यक्रममा कलाकार, समाजसेवी, उद्यमी र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। विशेष पाहुनामध्ये प्रिया कुमारी देवान, अजय अधिकारी सुशील, सागर कटवाल, लिजा राई, अर्जुन कार्की (अभिनेता) लगायतका चर्चित व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो। कार्यक्रममा नविनाज ब्युटी होम एण्ड ट्रेनिङ सेन्टर आधिकारिक ब्युटी पार्टनरका रूपमा रहेको थियो भने क्रिस्टल क्लियर बुटिक, पाम्फा कुट्युर, द क्लासी बुटिक र मथ डिजाइन ड्रेस पार्टनर थिए। त्यसैगरी डिजे स्कल स्टुडियो, स्वयम्भू प्रोडक्सन र द जग्वार प्रोडक्सनले फोटोग्राफी तथा भिडियो पार्टनरको भूमिका निर्वाह गरे ।

    स्पोन्सरमा सेफ एसोसिएसन अफ नेपाल, एनके कोस्मेटिक्स (ओरा), देवान एग्रो, युनिक्याम्पस ग्लोबल र साझा पाना रहेका थिए । कार्यक्रमका आयोजक तथा सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले प्रतियोगिता महिलाको आत्मविश्वास र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नका लागि आयोजना गरिएको बताए ।

    उनका अनुसार यस प्रतियोगिताले नेपाली महिलाको सौन्दर्यसँगै उनीहरूको सशक्तीकरण र सांस्कृतिक गौरवलाई विश्व मञ्चमा उजागर गर्ने लक्ष्य राखेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ