काठमाडौं । देशभरका ७५३ वटै पालिकामा आयुर्वेद सेवा पुगेको छ। धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८२ को अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौंका नि. महानिर्देशक डा. श्यामबाबु यादवले सेवाको चुस्तदुरुस्त बनाउने काममा विभाग लागिपरेको जानकारी दिए ।
उनका अनुसार निरोगी नेपाल निर्माण गर्न विभाग निरन्तर सक्रिय छ । कार्यक्रममा डा. यादवले विद्यालय आयुर्वेद कार्यक्रमलाई अघि बढाइएको, औषधिको गुणस्तर कायम राख्न मापदण्ड जारी गरिएको, निशुल्क औषधि वितरण २३ बाट ३५ पुर्याइएको र सातै प्रदेशमा १०० शैयाको अस्पताल स्थापना गर्ने कार्य अघि बढाइरहेको जानकारी दिनुभयो। साथै, २५ जिल्लामा १–५ वर्षका बालबालिकालाई स्वर्णविन्दु प्रशान कार्यक्रम लागु गरिएको र अर्को वर्ष ७७ जिल्लामा विस्तार गरिने बताए ।
विभागका वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ डा. मुनकर्ण थापाले प्रत्येक वर्ष धन्वन्तरी जयन्ती मनाइने र यस दिन मानव जातिको सुस्वास्थ्य, दिर्घायु र आरोग्यको कामना गरिने बताए। आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलले स्वर्णविन्दु प्रशान कार्यक्रम बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले सञ्चालन भइरहेको र यसलाई भ्याक्सिनसँग भ्रम नगरिन आग्रह गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग, ध्यान र आयुर्वेद उपचार मार्फत आरोग्य कायम राख्ने सेवाहरु प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयुर्वेद पद्धतिको परिचय नेपालमा एलोप्याथिक, आयुर्वेद, होमियोप्याथिक, यूनानी र प्राकृतिक चिकित्सा प्रणालीहरू मान्यता प्राप्त छन् । यसबाहेक हिमाली क्षेत्रका परम्परागत रिग्पा वा आम्ची पद्धति पनि प्रचलित छन् ।
विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार विश्वको ८० प्रतिशत जनसंख्या प्राथमिक उपचारका लागि कुनै न कुनै परम्परागत चिकित्सा प्रणाली प्रयोग गर्दछ । नेपालको इतिहासमा आयुर्वेद प्राचीन कालदेखि प्रचलित छ र १७औं शताब्दीमा राजा प्रताप मल्लको पालामा वैद्यखाना स्थापना गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


