Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्ट्रोक उपचारमा ऐतिहासिक उपलब्धि : ग्राण्डी अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता


ग्लोबल पाना
आइतबार, कात्तिक २ २०८२
  • 402
    SHARES

  • images
    स्ट्रोक उपचारमा ऐतिहासिक उपलब्धि : ग्राण्डी अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता

    काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्व स्ट्रोक संगठन (World Stroke Organization - WSO) बाट ‘एडभान्स स्ट्रोक सेन्टर’ को मान्यता प्राप्त गर्दै यस्तो मान्यता पाउने नेपालको पहिलो अस्पताल बनेको छ । अस्पतालले उच्च प्रविधि र गुणस्तरीय मस्तिष्कघात (स्ट्रोक) उपचारका मापदण्ड पूरा गरेपछि गत शुक्रबार अन्तर्राष्ट्रिय स्तरको यो मान्यता प्राप्त गरेको हो ।

    images
    images
    images

    न्यूरोलोजिस्ट तथा मस्तिष्कघात उपचार निर्देशक डा. राजु पौडेलका अनुसार नेपालमा हरेक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुन्छ । विश्वव्यापी रूपमा हरेक ४ सेकेन्डमा एक जनालाई स्ट्रोक हुने तथ्यांक छ । विकसित देशमा स्ट्रोक वृद्ध उमेर समूहमा देखिने भए पनि नेपालजस्ता विकासोन्मुख देशमा युवामा समेत यसको जोखिम बढ्दो छ । समयमै उपचार भए बिरामीको जीवन बचाउनका साथै अपांगता रोक्न सकिने उनले बताए ।

    नेपालमा मुटुका समस्या र रगतका ढिक्काका कारण मस्तिष्कमा असर पर्ने घटना धेरै देखिने गरेको उल्लेख गर्दै उनले सरकारले हरेक प्रदेशमा स्ट्रोक उपचारका लागि सशक्त अस्पताल व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयालले मस्तिष्कघात उपचारमा प्रत्येक क्षण महत्त्वपूर्ण हुने बताउँदै, अब ग्राण्डीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको उपचार सेवा प्रदान गर्न सहयोग पुर्‍याउने जानकारी दिए । अस्पतालका निर्देशक डा. विनोद बिजुक्छेले न्यूरोलोजिकल उपचार प्रणाली विकास गर्न र मस्तिष्कघात उपचारमा उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड कायम राख्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारे ।

    ग्राण्डी अस्पतालले ‘एडभान्स स्ट्रोक सेन्टर’ का लागि चौबिसै घण्टा विशेषज्ञ सेवा, उच्चस्तरीय न्यूरोइमेजिङ प्रविधि, छिटो प्रशासनिक प्रक्रिया, तीव्र उपचार कार्यविधि, उपचारपश्चात निरन्तर चिकित्सकीय निगरानी तथा पुनर्स्थापना सेवा, र आरएसक्यू (RSQ) रजिस्ट्री प्रयोगमार्फत गुणस्तर र परिणामको अनुगमनजस्ता मापदण्डहरू पूरा गरेको छ । विश्व स्ट्रोक संगठनका विशेषज्ञ टोलीले अस्पतालको पूर्वाधार, क्लिनिकल प्रोटोकल, बिरामी परिणाम र अन्तर्राष्ट्रिय अभ्यासको मूल्यांकन गरी मान्यता प्रदान गरेको हो ।

    मस्तिष्कघात अगाडि देखापर्ने मुख्य लक्षणहरूमा एक्कासि अनुहार बांगो हुने, हातखुट्टा लुलो हुने, बोली लरबरिने तथा आँखामा कमजोरी महसुस हुने जस्ता समस्या समावेश छन् । यस्ता लक्षण देखिए तुरुन्तै स्वास्थ्यकर्मी वा अस्पतालमा सम्पर्क गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ