Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भ्रष्टाचार बिरुद्धमा काभ्रे खानिखोलाका युवाहरु भए एकजुट भ्रष्टाचार बिरुद्ध वडा स्तर बाटै जागे युवाहरु


ग्लोबल पाना
आइतबार, कात्तिक ९ २०८२
  • 518
    SHARES

  • images
    भ्रष्टाचार बिरुद्धमा काभ्रे खानिखोलाका युवाहरु भए एकजुट  भ्रष्टाचार बिरुद्ध वडा स्तर बाटै जागे युवाहरु

    काठमाडौं । भ्रष्टाचार प्रति शुन्य सहनसिलताको नीतिमा प्रतिबद्ध रहि शान्ति ,बिकास र उत्पादन मार्फत संमृद्ध नेपालको परिकल्पना गर्दै सामाजिक संगठनको रुपमा अगाडी बढिरहेको भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल प्रति युवाहरुको चासो बढेको छ । संस्थाले देशको वर्तमान परिस्थितिमा भ्रष्टाचार बिरुद्ध नागरिक अभियानको महत्व अत्यधिक बढेको भन्दै संगठनलाई देशव्यापि बनाउने घोषणा गरे लगत्तै काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा नं.४ मा वडा समिति गठन भएको हो ।

    images
    images
    images

    लामो समय सामाजिक तथा राजनैतिक क्षेत्रमा काम गरिरहेका युवा रुपेश लोेप्चनले काभ्रेपलान्चोकमा भ्रष्टाचार बिरुद्ध अभियानको संगठन बिस्तार तथा कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालेको छोटो समयमानै आफ्नै वडाबाट संगठन बिस्तारको कामलाई अगाडी बडाएका हुन् । काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा नं.४ माभएको एक भेलाले ङेमा थिङको संयोजकत्वमा २१ सदस्यको वडा समिति घोषणा गरेको हो ।

    समितिको सह संयोजकमा श्याम वाजु र सोम बहादुर स्याङ्तान रहेका छन भने बिक्रम जिम्वा,सुरेश बल, छिरिङ्ग थोकर,भिम बहादुर घलान,दिप बल, रजिना लोप्चन,समर जिम्बा,बिकलाल लोप्चन,शुक बहादुर घलान,प्रविन लोप्चान,चन्द्रध्वज स्याङ्तान,सरोज स्याङ्तान,प्रेम बहादुर लोप्चन,अबिल स्याङतान,सोम बहादुर स्याङ्तान,बिजय जिम्बा,बुद्ध स्याङ्तान,शिबराज स्याङतान सदस्यमा चयन भएका छन् ।

    वडा तथा पालिकामा हुने बिकास निर्माण तथा हरेक किसिमका भ्रष्टाचारको बिरुद्धमा आफ्नो सकृयता बढाएर भ्रष्टाचार प्रति शुन्य सहनसिलताको नीतिमा अगाडी बढ्न प्रतिबद्ध भई आफुहरु यो संगठनमा आवद्ध भएको सहभागिहरुले जनाएका छन् । अब यो संगठनले आम नागरिकतहमा सचेतना र सरकारी कार्यालय तथा योजनाहरुमा खबरदारी गर्दै भ्रष्टाचारलाई शुन्यमा झार्न महत्वपुर्ण भुमिका खेल्ने काभ्रे जिल्लाका कार्यक्रम संयोजक रुपेश लोप्चनले जानकारी दिएका छन् ।

    अब विस्तारै पालिका स्तर र काभ्रे जिल्लमा समेत यस्तै सकृय संगठन निर्माण गरेर आगाडी बढ्ने नीतिमा आफुहरु रहेको संयोजक लोप्चन बताउँछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ