Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ग्राण्डी अस्पताल नर्सलाई तोकेको पारिश्रमिक कार्यान्वयनमा सकारात्मक


ग्लोबल पाना
सोमबार, कात्तिक १० २०८२
  • 347
    SHARES

  • images
    ग्राण्डी अस्पताल नर्सलाई तोकेको पारिश्रमिक कार्यान्वयनमा सकारात्मक

    काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नर्सलाई तोकेको पारिश्रमिक कार्यान्वयनमा सकारात्मक देखिएको छ । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अस्पतालले एक विज्ञप्ती जारी गरी अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीका लागि सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्न अस्पताल प्रशासन सकारात्मक देखिएको हो ।

    images
    images
    images

    गत कात्तिक २ गते नर्स तथा स्वास्थ्यकर्मीहरुको संयुक्त संघर्ष समितिले अस्पतालमा पारिश्रमिक वृद्धिलाई लिएर बुझाएको ज्ञापनपत्रप्रति अस्पताल प्रशासनले सञ्चालक समितिलाई उक्त माग राख्ने प्रतिवद्धता जनाएको थियो । अस्पतालका अध्यक्ष र नर्स तथा स्वास्थ्यकर्मीको संयुक्त संघर्ष समितिबीच कात्तिक ९ गते आइतबार बसेको बैठकमा सात दिनभित्र सञ्चालक समितिको बैठक बसेर माग सम्बोधन गर्नेबारे छलफल भएको थियो ।

    अस्पताल प्रशासन नर्स तथा स्वास्थ्यकर्मीले राखेको मागप्रति सकारात्मक रहेको जनाउँदै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा विरामीको जीवनरक्षालाई प्राथमिकता राख्न अस्पतालले अनुरोध समेत गरेको छ ।

    यस्तै, आन्दोलनको कार्यक्रम अगाडि नबढाउन समेत अस्पतालले सबैलाई अनुरोध गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ