Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

उपत्यका ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग पुर्‍याएबापत सञ्चारकर्मी रामजी बगाले विशेष सम्मानित


ग्लोबल पाना
मंगलबार, कात्तिक ११ २०८२
  • 424
    SHARES

  • images
    उपत्यका ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग पुर्‍याएबापत सञ्चारकर्मी रामजी बगाले विशेष सम्मानित

    काठमाडौं । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको छ।

    images
    images
    images

    उक्त पुनर्निर्माणमा सञ्चार माध्यमको तर्फबाट उल्लेखनीय सहयोग र सक्रियता देखाएबापत जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एआईजी दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठले संयुक्त रूपमा प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरेका छन्।

    सम्मान ग्रहणपछि सञ्चारकर्मी बगालेले भने, “यो सम्मान मेरो पत्रकारिता यात्राको प्रेरणाको श्रोत बनेको छ। यसले मेरो मनोबल र जिम्मेवारी दुबै बढाएको छ। आगामी दिनमा प्रवासी नेपालीका आवाजलाई अझ सशक्त रूपमा उठाउँदै अघि बढ्नेछु।”

    काठमाडौं ट्राफिक कन्ट्रोल रूमको पुनर्निर्माण कार्य एनआरएनएका उपाध्यक्ष तथा विपत् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ, महिला संयोजक तथा सह–संयोजक रश्मि थापा र सम्पूर्ण टिमको सक्रिय नेतृत्वमा छोटो समयमा सम्पन्न भएको हो।

    उक्त पुनर्निर्माण कार्यले प्रवासी नेपाली र मातृभूमिको सम्बन्धलाई अझ सशक्त बनाएको भन्दै उपस्थित सबैले एनआरएनएको यो कदमलाई सराहना गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ