Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौँमा अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना हटाइने, ७ दिनभित्र खाली गर्न महानगरको सूचना


ग्लोबल पाना
शुक्रबार, कात्तिक १४ २०८२
  • 295
    SHARES

  • images
    काठमाडौँमा अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना हटाइने, ७ दिनभित्र खाली गर्न महानगरको सूचना

    काठमाडौँ। काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण (का.जि.) ले सार्वजनिक जग्गा अतिक्रमण तथा मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने प्रक्रिया सुरु गर्ने भएको छ। मिति २०८२ असोज २ गते बसेको संयुक्त बैठकले सात दिनभित्र यस्ता संरचना स्वेच्छिक रूपमा हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ।

    images
    images
    images

    स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद ७ र दफा ४५ अनुसार मापदण्ड विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र दफा ९७ बमोजिम सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको रहेकाले, विपरीत कार्य भएका स्थान तथा संरचना ७ दिनभित्र हटाउन भनिएको हो।

    महानगरले अनुरोध गर्दै भनेको छ—निर्धारित समयभित्र संरचना नहटाए कानूनी कारबाहीसहित बल प्रयोग गरेर खाली गरिनेछ। यस अभियानका लागि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र काठमाडौं जिल्लासँग जोडिएका नजिकका क्षेत्रहरू प्राथमिकतामा राखिने जनाइएको छ।

    यसबारे सर्वसाधारण नागरिकले अतिक्रमण, अवैध निर्माण वा सार्वजनिक स्थानमा बनेका मापदण्ड विपरीतका संरचनाको जानकारी info@kathmandu.gov.np मा पठाउन सक्ने महानगरले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ