ललितपुर । अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा विगत २५ वर्ष देखि काम गर्दै आएको परिलक्षित संस्थाको २५ औ वार्षिक साधारण सभा यही कात्तिक १५ गते ललितपुरमा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभामा यस संस्थाका कार्यकारी निर्देशक सूर्य बहादुर थापाले संस्थाको २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष द्रोण बहादुर सेनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाका कार्यकारी निर्देशक सूर्य बहादुर थापाले यस वर्ष २०८१/ ८२ मा शिक्षा, आय-आर्जन र वकालत तथा पैरवीका कार्यक्रमहरू सञ्चालनका क्रममा परिलक्षित संस्था मार्फत ७ सय ८७ जना अपाङ्गता भएका व्यक्तिहरूले सेवा पाएको जसमा छात्रवृत्ति अन्तर्गत उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई मासिक रूपमा रु ५ हजार र नर्स, इन्जिनियर, साइन्स, कम्प्युटर लगायतका प्राविधिक विषयको अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीहरूलाई मासिक रूपमा रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको बताउनु भयो ।
साथै उहाँले सिलाई बुनाई गर्ने, व्यूटीपारलर गर्ने, कुखुरा, बाख्रा, मौरी पालन गर्ने र अन्य आय आर्जनका व्यवसायहरू गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई रु १९ हजार देखि ५० हजार सम्मको सिड मनी पनि प्रदान गरिएको, विद्यालय देखि स्नातकोत्तर सम्म अध्ययन गर्ने ४ सय ४० जनालाई छात्रवृत्ति प्रदान गरिएको, ९२ जनालाई भोकेशनल तालिम प्रदान गरिएको, १०६ जनालाई साना व्यवसाय सञ्चालन गर्न लगायतका विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको बताउनु भयो ।
परिलक्षित संस्थाको २५ औ वार्षिक साधारण सभा कार्यक्रममा बाँकेका उचाइ सम्बन्धी अपाङ्गता भएका व्यक्त नरबहादुर विष्टले परिलक्षित संस्था मार्फत आफूले स्नातक तहको शिक्षा लिने क्रममा छात्रवृत्ति पाएको, केही समय on the job Training गरेर केही वर्ष बाँके जिल्लामा कर्मचारीको रूपमा पनि काम गर्ने अवसर पाएकोमा परिलक्षित संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्नु भयो । परिलक्षित संस्थाको २५ औ वार्षिक साधारण सभाको क्रममा आगामी २ वर्षका लागि रामबहादुर मुखियाको अध्यक्षतामा ९ जना नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
जसमा उपाध्यक्षमा भरत श्रेष्ठ, सचिवमा विमला कठायत, कोषाध्यक्षमा द्रोण बहादुर सेन रहनु भएको छ भने सदस्यहरूमा तुलसीराज महर्जन, दशराम डङ्गोल, विद्या थापा, केशु कुमारी रास्कोटी र सावित्रा काफ्ले रहनु भएको छ । सो कार्यक्रममा बाँकेका उचाइ सम्बन्धी अपाङ्गता भएका व्यक्ति नरबहादुर विष्ट र धादिङकी शारीरिक अपाङ्गता भएकी महिला सरिता मगरले नृत्य प्रस्तुत गर्नु भएको थियो ।
परिलक्षित संस्थाले स्थापना कालमा देश भरीका अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्दै आएको थियो भने हाल पाल्पा, तनहुँ, सुर्खेत, कैलालीमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


