Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल राष्ट्र बैंकका निर्देशक राजनविक्रम थापा कार्यकारी निर्देशकमा बढुवा


ग्लोबल पाना
सोमबार, कात्तिक १७ २०८२
  • 454
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकका निर्देशक राजनविक्रम थापा कार्यकारी निर्देशकमा बढुवा

    काठमाडौं । बैंकिङ्ग बिज्ञ मात्रै नभएर साहित्य, कला,संगित क्षेत्रमा समेत पोख्त राजन विक्रम थापा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका थापा वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । डा गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ कार्यकारी निर्देशकको एक पद खाली भएको थियो।

    images
    images
    images

    सो पद पूर्ति प्रक्रियाअनुसार नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन सहित) का विनियम ५२ र विनियम ६५(२) का प्रावधान अनुसार सम्भाव्य निर्देशक (अधिकृत प्रथम) हरूमध्येबाट थापाको बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ। २०५३ चैत २७ देखि राष्ट्र बैंकमा कार्यरत थापा सहायक पदबाट बैंक प्रवेश गरेका थापा सँगै राष्ट्र बैंक प्रवेश गरेका २० जनामध्ये १४ जना राष्ट्र बैंकको व्यवस्थापन तहमा छन् ।

    हालै मात्र बिद्यावारिधिको उपाधि हासिल गरेका थापा समकालीन विषयवस्तुमा लेखहरू लेख्छन् भने साहित्य, संगित र सामाजिक संजालहरुमा उतिकै सक्रिय छन् । उनी विभिन्न सामाजिक कार्यमा समेत अग्रसर रूपमा काम गरिरहेका छन् ।

    आजको उनको पदोन्नतिले अव केन्द्रीय बैंकको डेपुटी गभर्नरमा प्रतिस्पर्धा गर्ने ढोका खुलेको र सम्भाब्य प्रतिस्पर्धिको रुपमा समेत रहेको जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ