Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

टेक्सासमा २० वर्षीय नेपाली विद्यार्थी कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन


ग्लोबल पाना
मंगलबार, कात्तिक १८ २०८२
  • 331
    SHARES

  • images
    टेक्सासमा २० वर्षीय नेपाली विद्यार्थी कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन

    अमेरिका । डेढ वर्ष अघि अध्ययनका लागि अमेरिकाको युटा पुगेका नुवाकोट जिल्लाका २० वर्षीय कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन। कुशल हालसम्म परिवार र साथीहरूसँग सम्पर्कमा आएका छैनन्, र उनको फोन पनि निरन्तर बन्द छ। उनी अन्तिम पटक आफ्नै साइकलमा बाहिर निस्किँदा देखिएका थिए।

    images
    images
    images

    परिवारका अनुसार, कुशलले विगतमा प्रायः “युटाह जान मन छ” भनेर उल्लेख गर्ने गर्थे, त्यसैले DFW (Dallas Fort Worth ) क्षेत्रका साथै युटाह आसपासमा बस्ने सबैलाई सहयोगका लागि अनुरोध गरिएको छ। कुशलको खोजीका लागि स्थानीय प्रहरीले हराएको उजुरी दर्ता गरी सक्रिय रूपमा अनुसन्धान अघि बढाइरहेको जानकारी प्राप्त भएको छ।

    कसैले कुशललाई वा उनको साइकललाई कतै देख्नुभएको भए, कृपया तुरुन्तै फोन वा सन्देशमार्फत ८३२–४२५–६१४९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ। अत्यन्तै चिन्तित उनका परिवार यो सन्देश जहाँसम्म सकिन्छ त्यहाँसम्म फैलाइदिन हार्दिक अनुरोध गरेका छन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ