Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर : काठमाडौंमा आधुनिक स्वास्थ्य परीक्षणको विश्वासिलो ठेगाना अत्याधुनिक प्रविधि, छिटो रिपोर्ट र समुदायमुखी स्वास्थ्य सेवा


ग्लोबल पाना
शुक्रबार, कात्तिक २१ २०८२
  • 413
    SHARES

  • images
    शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर : काठमाडौंमा आधुनिक स्वास्थ्य परीक्षणको विश्वासिलो ठेगाना  अत्याधुनिक प्रविधि, छिटो रिपोर्ट र समुदायमुखी स्वास्थ्य सेवा

    ✍️ राजन थापा

    images
    images
    images

    काठमाडौं । राजधानीको पानिपोखरीस्थित शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रा.लि. (Sukra House of Diagnostic & Wellness Center Pvt. Ltd.) ले स्वास्थ्य परीक्षणका क्षेत्रमा नयाँ आयाम थपेको छ। सन् २०२३ (वि.सं. २०८०) मा स्थापना भएको यो संस्था अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय र छिटो रिपोर्ट प्रदान गर्दै आएको छ। अत्याधुनिक प्रयोगशाला र सेवा विस्तार केन्द्रले रक्त परीक्षण, लिपिड प्रोफाइल, लिभर तथा किड्नी फंक्शन, थाइराइड, सुगर, CBC लगायतका नियमित परीक्षणका साथै अल्ट्रासोनोग्राफी (USG), ECG, आणविक र आनुवंशिक परीक्षणको समेत सेवा सञ्चालनमा ल्याएको छ।

    संस्थाका अनुसार सबै परीक्षणहरूमा “सही नतिजा र छिटो रिपोर्ट” यसको मुख्य विशेषता हो। विदेश पठाइने परीक्षणलाई नेपालमै नेपालमा अझै धेरै परीक्षण नमुना विदेश पठाउनुपर्ने बाध्यता रहेको अवस्थामा शुक्र हाउसले उक्त समस्या समाधान गर्ने लक्ष्य लिएको छ। संस्थाले नेपालमै आवश्यक प्रयोगशाला र प्रविधिको संयोजनमार्फत सेवाग्राहीलाई विश्वस्त र सहज बनाउने प्रयास गरिरहेको छ। ‘For the Community’ भन्ने नाराका साथ सञ्चालनमा रहेको यो संस्थाले दैनिक निःशुल्क रक्तचाप र ब्लड सुगर परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    त्यस्तै, सेवा लिन असमर्थ बिरामीका लागि घर वा कार्यालयमै नमुना संकलन (Home Collection Service) पनि उपलब्ध छ। सहज पहुँच र छुट सुविधा लाजिम्पाट–पानिपोखरी क्षेत्रमा अवस्थित केन्द्रमा दैनिक सेवा सञ्चालन भइरहेको छ। सेवाग्राहीहरूले फोन (०१–५९१६८७०/७१, ९७६१८८७४१८) वा वेबसाइट sukralab.com मार्फत अपोइन्टमेन्ट लिन सक्ने व्यवस्था गरिएको छ। साथै, बैंक कार्ड प्रयोगकर्ताहरूका लागि विशेष छुटको योजना समेत सञ्चालनमा छ — जस्तै मुक्तिनाथ विकास बैंकका कार्डधारकलाई १५ प्रतिशत छुट प्रदान गरिन्छ।

    गुणस्तर र विश्वासको पहिचान ISO 1589:2022 प्रमाणित यस संस्थाले स्वास्थ्य परीक्षणको शुद्धता, पारदर्शिता र विश्वासमा ध्यान दिएको छ। संस्थाका प्रतिनिधिहरूका अनुसार, शुक्र हाउसले निवारक स्वास्थ्य (Preventive Health) र वेलनेस सेवामार्फत नेपालमा आधुनिक स्वास्थ्य प्रणालीको सुदृढीकरणमा योगदान पुर्‍याइरहेको छ।

    शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर, पानिपोखरी–३, काठमाडौं, जहाँ अत्याधुनिक प्रयोगशाला र वेलनेस सेवा एकै छानामुनि उपलब्ध छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ