Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अस्पताल व्यवस्थापनमा सम्बन्धित विज्ञ राख्न सुझाव


ग्लोबल पाना
शुक्रबार, माघ ६ २०७९
  • 465
    SHARES

  • images
    अस्पताल व्यवस्थापनमा सम्बन्धित विज्ञ राख्न सुझाव

    काठमाडौं । अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’ विषयक सम्मेलनमा उनीहरुले सम्बन्धित विज्ञको व्यवस्थापनबाट नै स्वास्थ्य सेवालाई प्रभाकावरी बनाउन सकिनेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले व्यवस्थापन क्षेत्रका अब्बल जनशक्तिको परिणाममुखी कामबाट नै स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सबै जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सन्र्दभमा सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेकामा जोड दिए ।

    नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले पर्यटनको विकासका लागि नेपालमा पर्यटनका सम्भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकमा रहेको सेवाभावलाई अवसर ठानेर नेपाललाई स्वास्थ्य क्षेत्रको हबका रुपमा समेत विकास गर्न सकिने धारणा व्यक्त गरे । साथै उनले निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाप्रति नबुझेर केही नकारात्मक टिप्पणी हुने गरेको गुनासो गर्दै वास्तविकता त्यस्तो नभएको स्पष्ट पारे ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सम्बन्धित विज्ञ नै माग गर्न सुरु गरिसकेको जानकारी गराए । साथै उनले जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य क्षेत्रको सुधार तथा व्यस्थापन गर्ने उद्देश्यले ‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति’ तयार गरेको समेत बताए ।

    सङ्घका अध्यक्ष महेन्द्रराज भुसालले सङ्घ कुनै कसैका विरुद्ध नभई यस क्षेत्रलाई थप चुस्त बनाउने उद्देश्यले स्थापना भएको बताए। साथै उनले निजी क्षेत्रका अस्पतालमा व्यवस्थापन अध्ययन गरेका जनशक्तिले राम्रो काम गरिरहेको उल्लेख गर्दै यसलाई सरकारी निकायमा पनि थप विस्तार गर्नुपर्ने सुझाव दिए ।

    नेसनल ओपन कलेजका निवर्तमान प्रिन्सिपल दिवाकर वशिष्ठले अस्पताल व्यवस्थापन विषय अध्ययनको अवस्था र सम्भावनाबारे प्रकाश पार्दै अस्पतालमा यस क्षेत्रको विज्ञको जिम्मेवारीले नै स्वास्थ्य सेवाको उत्पादकत्वमा वृद्धि हुने धारणा व्यक्त गरे । उद्घाटनपछिका विभिन्न सत्रमा ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’का कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ