Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउछौं : प्रधानमन्त्री


ग्लोबल पाना
शुक्रबार, माघ ६ २०७९
  • 222
    SHARES

  • images
    स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउछौं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने बताएका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार गरेको मृगौला प्रत्यारोपीको बृहत् भेलामा प्रचण्डले योपटक पदका लागि नभएर केही गरेर देखाउन प्रधानमन्त्री भएको र आफूले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्ने बताए।

    images
    images
    images

    ‘मैले केही नयाँ कुरा गर्छु भनेको छु। त्यसैअनुसार स्वास्थ्यमा पनि क्रान्ति गरेर ल्याउँछौ र मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा मिर्गौला मात्र नभएर कलेजो प्रत्यारोपणलाई पनि यही गतिमा अघि बढाउन सरकार चाहन्छ। त्यसका लागि सरकारले आवश्यक सहयोग गर्छ’‚ प्रधानमन्त्री प्रचण्डले भने।

    केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निणर्य गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निणर्य लागू नभएको कुरा सुनेको छु। यसलाई सम्बोधन गरिनेछ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ