Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लायन्स क्लवको आयोजनामा रक्तदान सम्पन्न


ग्लोबल पाना
आइतबार, कात्तिक ३० २०८२
  • 1,036
    SHARES

  • images
    लायन्स क्लवको आयोजनामा रक्तदान सम्पन्न

    काठमाडौं । लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डस, महिला जागरण मञ्च र अटो नेपाल, पत्रिकाको संयुक्त आयोजनामा मैतीदेवी मन्दिरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा ३० जनाले रक्तदान गर्नुका साथैं सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो । विगत १७ वर्षदेखि सहयोगी महिला जागरण मञ्चले नियमित रुपमा ३–३ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र अहिले ठाउँको अभाव, सडक छेऊमा एकदम साँघुरिएको कार्यक्रम स्थलको कारण ३५ जना रक्तदाता संख्या अनुमानित गरी गरिएको उक्त कार्यक्रममा ७ जनाको स्वास्थ्य अवस्थाको कारणले रक्तदान गर्न नसकेको क्लवकी अध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो ।

    images
    images
    images

    रक्तदान कार्यक्रममा आफ्नी आमाको जन्मदिनको अवसरमा ९९ पटक रक्तदान गर्नुहुँदै सुन्दरीजल निवासी लायन्स लिडर विष्णुबहादुर श्रेष्ठ तथा (एकै परिवारका ३ जना सदस्य) यस संस्थाका कोषाध्यक्ष लायन कृष्टिना ताम्राकार तथा उहाँको बहिनी एलिशा ताम्राकार, छोरी कृषा शाक्यले रक्तदान गर्नुभएको थियो ।

    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिक कर्पोरेट कम्युनिकेशन चिफ, लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ