Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्योपचार


ग्लोबल पाना
शुक्रबार, मंसिर १२ २०८२
  • 385
    SHARES

  • images
    ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्योपचार

    सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाका र छत्रपाटी निःशुल्क चिकित्सालय बिच सम्झौता

    काठमाडौँ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्न काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ ।

    images
    images
    images

    उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले, पारिवारिक समस्याका कारण आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरु पनि महानगरपालिका छ भन्ने महसुस हुन थाल्नु सुखद नतिजाको प्रारम्भ भएको बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, आवश्यक पर्नेले सजिलै सेवा प्राप्त गर्ने र सम्भावित दुरुपयोग रोक्ने प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गर्नुभयो । अस्पतालका अध्यक्ष डा. श्रेष्ठले, स्वास्थ्योपचारमा महत्व नदिने पाका व्यक्तिहरु उपचारका लागि आउन थाल्नु, समुदायका मानिसहरु उपचारका बारेमा सोधखोज गर्न थाल्नु, महानगरपालिकाको सहयोग प्राप्त भएको नतिजा भएको बताउनुभयो ।

    सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । लैङ्गिक हिंसामा परेका व्यक्ति, वेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नु पर्ने कर्मचारीहरुका लागि सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ । उपचार सहकार्यका लागि महानगरपालिकाले १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ ।

    यसमा अस्पतालले ३० प्रतिशत थप गरेर १ करोड ८० लाख रुपियाँ बराबरको उपचार सेवा उपलब्ध हुनेछ । चालु आर्थिक वर्षका लागि सम्झौता भएको हो । सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचय पत्र, ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता चाहिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ