Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य–सेवा अभियानमा सक्रिय थापा


ग्लोबल पाना
बिहीबार , मंसिर १८ २०८२
  • 546
    SHARES

  • images
    स्वास्थ्य–सेवा अभियानमा सक्रिय थापा

    काठमाडौं । पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा पछिल्ला वर्षहरूमा उपत्यकाभर स्वास्थ्य–सेवा विस्तार, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र संस्थागत सहकार्य निर्माणमा अत्यन्तै सक्रिय रहँदै आएका छन् । उनी हाल ॐ समाज डेण्टल अस्पतालका बोर्ड सदस्यका रूपमा पनि कार्यरत छन् र अस्पतालमार्फत समुदायमा स्वास्थ्य पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन् ।

    images
    images
    images

    थापा पछिल्लो समय विभिन्न टोल–समाज, सामुदायिक समूह, विद्यालयहरू र ठूला–ठूला क्लबहरूसँग सम्झौता पत्र (MoU) गर्दै स्वास्थ्य–सेवा तथा जनचेतना अभियानलाई अझ संगठित रूपमा विस्तार गर्ने प्रयासमा छन् । उनका अनुसार सस्तो, सरल र गुणस्तरीय स्वास्थ्य सेवा समुदायमा पुर्‍याउन संस्थाबीचको सहकार्य अत्यन्तै आवश्यक छ ।

    उनी भन्छन्, “उपचार राम्रो हुनका लागि सहि डाक्टर र सहि अस्पताल जरुरत पर्छ। त्यसैले म जहाँ–जहाँ सहयोगको आवश्यकता देख्छु, त्यहीँ सहकार्यको ढोका खोल्ने प्रयास गर्छु ।” उनले स्वास्थ्य सेवा पहुँचविहीन बस्ती, स्कूल र स्थानीय समुदायलाई लक्षित गरी दन्त स्वास्थ्य, मधुमेह–रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच, परामर्श सेवा सहितका धेरै कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छन् ।

    अस्पताल, स्वास्थ्यकर्मी र समुदायबीच ‘सेवा–सेतु’को भूमिकामा रहँदै आएका थापा यस क्षेत्रमा निरन्तरता र सक्रियताका कारण चिनिने सामाजिक अभियन्ता हुन् । मानवीय सेवामा समर्पित थापा अक्सर भन्छन्— “सेवा नै ठूलो धर्म हो ।” उनका यो सोच, सक्रियता र सहकार्यको भावना समुदायमा स्वास्थ्य–सेवा सुदृढीकरणका लागि महत्वपूर्ण योगदानका रूपमा देखिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ