Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

१५ सय नर्स र स्वयंसेवी परिचालन: मानसिक स्वास्थ्य जागरणका लागि सरकारको ठूलो पहल


ग्लोबल पाना
मंगलबार, मंसिर २३ २०८२
  • 406
    SHARES

  • images
    १५ सय नर्स र स्वयंसेवी परिचालन: मानसिक स्वास्थ्य जागरणका लागि सरकारको ठूलो पहल

    काठमाडौं । सरकार आगामी तीन महिनासम्म सञ्चालन हुने ‘मानसिक स्वास्थ्य सचेतना अभियान–२०८२’ प्रारम्भ गर्न तयारी अवस्थामा छ । ‘स्वस्थ मन, स्वस्थ जीवन’ भन्ने मूल नारासहित डिसेम्बर १० देखि मार्च १४ सम्म चल्ने यो अभियानबारे जानकारी आज राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र (एनएचईआईसीसी) की निर्देशक डा. राधिका थपलियाले पत्रकार अन्तरक्रियामा दिइन् ।

    images
    images
    images

    उनका अनुसार जेन–जेड पुस्तामा हाल देखिन थालेका विद्रोही व्यवहारपछि बढ्दै गएको मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण गर्न अभियान महत्वपूर्ण हुने विश्वास गरिएको छ। अभियानअन्तर्गत करिब १५ सय विद्यालय नर्स तथा स्वयंसेवीलाई परिचालन गरी विद्यालय र समुदायस्तरमै मानसिक स्वास्थ्यबारे जानकारी, परामर्श र आवश्यक सहयोग पुर्‍याइनेछ ।

    विश्व स्वास्थ्य संगठन (WHO) का मनोचिकित्सक डा. केदार मरहट्ठाले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमतालाई नै मानसिक स्वास्थ्यको आधारबताउँदै समाजमा यसलाई ‘रोग’ मात्र ठान्ने गलत बुझाइलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । त्यसैगरी ईडीसीडीकी मनोचिकित्सक डा. विनिता ढुंगेल र एनएचईआईसीसीकी डा. शिला श्रेष्ठले अभियानले समुदायमा सकारात्मक सन्देश फैलाउँदै एक्लोपन, दबाब र भयका समस्या भोगिरहेका मानिसलाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

    यसअघि नै सरकारले आत्महत्या नियन्त्रणका लागि ११६६ हेल्पलाइन सेवा सञ्चालन गर्दै मानसिक स्वास्थ्य समस्या रहेका नागरिकलाई सहयोग पुर्‍याउँदै आएको छ । आगामी अभियानले विशेषगरी किशोर–किशोरी र सर्वसाधारणबीच मानसिक स्वास्थ्यबारे सचेतना विस्तार गर्न निर्णायक भूमिका खेल्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उपेन्द्र ढुङ्गाना बताउछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ