Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य परीक्षणको प्रयोगशाला गुणस्तर मापदण्ड सम्बन्धी समूहगत ७ दिने प्रशिक्षण


ग्लोबल पाना
शुक्रबार, मंसिर २६ २०८२
  • 322
    SHARES

  • images
    स्वास्थ्य परीक्षणको प्रयोगशाला गुणस्तर मापदण्ड सम्बन्धी समूहगत ७ दिने प्रशिक्षण

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पूँजीको विकास गर्ने क्रममा स्वास्थ्य प्रयोगशालाका प्राविधिकहरुका लागि गुणस्तर मापदण्ड सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । ३२ वटा वडालाई आधा आधा गरेर २ चरणमा तालिम चलाएको हो । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकहरुलाई तालिम दिइएको हो ।

    images
    images
    images

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वागमती प्रदेश स्वास्थ्य प्रयोगशाला र राष्ट्रिय क्षयरोग केन्द्रका प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय अन्तरराष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, विरामीलाई नमूना संकलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रणका प्रक्रिया, क्षयरोगको नमूना संकलन र परीक्षण, प्रयोगशालाको स्वच्छता र सरसफाइ, हानीकारक फोहर व्यवस्थापनका साधन, उपकरण तथा विधि, जनशक्ति बिचको आपसी सम्बन्ध लगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अभ्यास गराइएको थियो ।

    प्रयोगशालामा चाहिने साधन तथा उपकरणहरुको छनोट, ढुवानी, भण्डारण, प्रयोग, विरामीहरुबाट नमूना लिने प्रक्रिया, लिएका नमूनाहरुको परीक्षण, रिपोर्ट निर्माण लगायत विषय समावेश गरिएका थिए । महानगरपालिकाले सबै वडा (३२ वटा)मा स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हरेक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएका छन् । यी प्रयोगशालाहरुमा मधुमेहसहित रगतबाट गरिने जाँच, मिर्गौलासहित पिसाबका जाँचिने रोग, खकारबाट जाँचिने क्षयरोगसहित आधारभूत स्वास्थ्य सेवाको परीक्षण गरिन्छ । महानगरपालिकाले वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्ने गरी काम गरिरहेको बताउँदै स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले, प्रयोगशाला सेवा विहानैबाट प्रारम्भ गर्दै लगिने जानकारी दिनुभयो ।

    ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ समूहका जनस्वास्थ्य प्रयोगशालामध्ये ‘डी’ र ‘ई’ समूहका प्रयोगशालाको सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर नियन्त्रण तथा तालिम शाखाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदी भन्नुहुन्छ, ‘काठमाडौँ महानगरपालिकाका प्रयोगशालाहरुको गुणस्तर कायम गराउन तथा जनशक्तिको क्षमता बढाएर कानुनले प्रदान गरेको अधिकार प्रयोग गर्न सक्ने बनाउन तत्पर छौँ ।’

    ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३’ अनुसार सरकारी स्तरका हेल्थपोष्टमा आधारित प्रयोगशाला ‘ई’ समूहका र सरकारी स्तरका प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला ‘डी’ समूहका प्रयोगशालामा पर्छन् । काठमाडौँ महानगरपालिकाले ‘डी’ समूहको प्रयोगशाला सञ्चालन गर्न लागेको हो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका ल्याब टेक्निसियन ईश्वरीप्रसाद भुषाल महानगरपालिकाको तालिमका विषयमा प्रतिक्रिया दिँदै भन्नुहुन्छ, ‘निदानात्मक स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थालेको अभ्यास अनुकरणीय छ ।’ यसबाट प्राप्त गरेको ज्ञान र सिपको व्यवहारिक प्रयोगलाई महानगरपालिकाले नियमित निगरानी गर्नुपर्छ ।

    तालिमका मुख्य प्रशिक्षक शंकर शाहीको सुझाव छ । महानगरपालिकाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज, ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार आन्तरिक नियन्त्रण प्रणाली र वाह्य प्रयोगशालाहरुसँगको सहकार्यमा प्रयोगशालाका नतिजालाई स्तरीय बनाउने प्रयास भइरहेको छ । प्रयोगशाला विज्ञान र प्रविधिमा आधारित हुन्छ ।

    यी क्षेत्रहरुमा सबैभन्दा छिटो परिवर्तन आइरहेको हुनाले प्रयोगशालाका प्राविधिकहरुले आफूलाई हरेक दिन तालिममा सहभागी भएको महसुस गरेर आचरण गर्नुपर्ने, सेवा सञ्चालन मापदण्ड बनाएर त्यसका आधारमा काम गर्नुमा वक्ताहरुको जोड थियो । महानगरपालिकामा अहिले ३५ जना ल्याब टेक्निसियन छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ