टोखा । टोखा नगरपालिका वडा नं. ६ स्थित शिव मन्दिर स्वास्थ्य आमा समूहको नियमित बैठक वडा अध्यक्ष शान्ता पौडेलको उपस्थितिमा सम्पन्न भएको छ । बैठकमा आयोडिनयुक्त नूनको प्रयोग, शिशु तथा बालबालिकाका लागि स्तनपानको महत्व, महिनावारी स्वास्थ्य, बाल श्रम, बाल विवाह, बालमैत्री स्थानीय शासन तथा यससँग सम्बन्धित सूचकहरूका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष शान्ता पौडेलले स्वस्थ आमा, स्वस्थ परिवार र बालमैत्री समाज निर्माणमा आमा समूहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।
बैठकमा सहभागी महिलाहरूको सक्रिय सहभागिताले समुदायस्तरमा स्वास्थ्य र सामाजिक सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने तथा उपस्थित आदरणीय सम्पूर्णप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


