Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एकलव्य भिजन आर्ट इन्स्टिच्युटद्वारा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न, ॐ समाज डेण्टल अस्पतालसँग हातेमालो


आइतबार, पुस २७ २०८२
  • 428
    SHARES

  • images
    एकलव्य भिजन आर्ट इन्स्टिच्युटद्वारा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न, ॐ समाज डेण्टल अस्पतालसँग हातेमालो

    काठमाडौं। बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको एकलव्य भिजन आर्ट इन्स्टिच्युट एण्ड चाइल्डहुड एजुकेसन सेन्टर प्रा.लि.ले विद्यालय परिवारको सक्रिय सहभागितामा शैक्षिक तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बालमैत्री वातावरण, आधुनिक शिक्षण पद्धति र सृजनात्मक गतिविधिमार्फत शिक्षा प्रदान गर्दै आएको यस संस्थाले शिक्षा मात्र नभई समाजप्रतिको उत्तरदायित्वलाई समेत आत्मसात् गर्दै आएको छ ।

    images
    images
    images

    हाल यस संस्थामा २५४ जना विद्यार्थी अध्ययनरत छन् भने २५ जना दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाहरू शैक्षिक सेवामा संलग्न छन्। बालबालिकाको शैक्षिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकता दिँदै चित्रकला, संगीत, नृत्य, हस्तकला लगायतका सृजनात्मक क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको छ । यस्ता गतिविधिहरूले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विद्यालयको भनाइ छ ।

    संस्थाको शैक्षिक तथा कार्यक्रम व्यवस्थापनमा कोर्डिनेटर बिनु पौडेलको सक्रिय भूमिका रहेको छ। संस्थाका अध्यक्ष अनिल बिष्टको नेतृत्वमा विद्यालय दीर्घकालीन शैक्षिक लक्ष्यसहित गुणस्तरीय शिक्षा प्रदान गर्दै अघि बढिरहेको छ । प्रधान अध्यापक शोभा थापाको शैक्षिक मार्गदर्शनले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाएको छ भने व्यवस्थापन निर्देशक कूष्ण राज तिमल्सिनाको व्यवस्थापकीय दक्षताले संस्थालाई अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याएको छ ।

    कार्यक्रमका क्रममा बालबालिकाको स्वास्थ्य, सरसफाइ तथा दन्त स्वास्थ्यसम्बन्धी विविध सचेतनामूलक गतिविधिहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा ॐ समाज डेण्टल अस्पतालको तर्फबाट डा. दीक्षा चौधरी, सबिना दवाडी तथा सहायक जुनु पण्डितको उपस्थिति र सक्रिय सहभागिता रहेको थियो । उनीहरूको प्राविधिक सहयोगले बालबालिकालाई लक्षित दन्त स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। साथै विभिन्न अस्पतालबाट आएका अन्य प्राविधिकहरूको सहकार्य तथा सञ्चार माध्यमको उपस्थितिले कार्यक्रमलाई आम नागरिकसमक्ष पुर्‍याउन सहयोग पुर्‍याएको थियो ।

    यसै अवसरमा एकलव्य भिजन आर्ट इन्स्टिच्युट एण्ड चाइल्डहुड एजुकेसन सेन्टर प्रा.लि. र ॐ समाज डेण्टल अस्पतालबीच समझदारी पत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा अस्पतालको तर्फबाट सबिना पपन गुरुङ र सामाजिक अभियन्ता राजन थापा तथा विद्यालयको तर्फबाट व्यवस्थापन निर्देशक कुष्ण राज तिमल्सिना र संस्थाका अध्यक्ष अनिल बिष्टले हस्ताक्षर गरेका थिए । समझदारीअनुसार विद्यालय र अस्पतालबीच आगामी दिनमा स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूमा सधैँ हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    कार्यक्रमको अन्त्यमा कार्यक्रममा सहकार्य तथा सेवा प्रदान गर्न विभिन्न अस्पतालबाट सहभागी भएका प्राविधिकहरू तथा कार्यक्रमलाई सञ्चार माध्यममार्फत आम नागरिकसमक्ष पुर्‍याउन सहयोग गर्ने पत्रकारहरूलाई खादा, माला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। आयोजक संस्थाले स्वास्थ्य सेवा तथा सञ्चार क्षेत्रको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यवस्थापन निर्देशक कुष्ण राज तिमल्सिनाले व्यक्त गरेका थिए ।

    एकलव्य भिजन आर्ट इन्स्टिच्युट एण्ड चाइल्डहुड एजुकेसन सेन्टर प्रा.लि.ले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सचेतना तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । प्रारम्भिक शिक्षामा उदाहरणीय संस्था बन्ने लक्ष्यसहित अघि बढिरहेको यस संस्थाले भविष्यका सक्षम, जिम्मेवार र नैतिक नागरिक उत्पादन गर्ने विश्वास लिएको छ ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ