Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एथलेटिक्स टोली चीन प्रस्थान


ग्लोबल पाना
मंगलबार, माघ २० २०८२
  • 304
    SHARES

  • images
    एथलेटिक्स टोली चीन प्रस्थान

    काठमाडौं । बाह्रौं एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ । फ्रब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४ सय र ८ सय मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले १ हजार ५ सय र ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।

    images
    images
    images

    अफिसियलमा एथलेटिक्स संघका उपाध्यक्ष सन्तोषकुमार ढकाल तथा प्रशिक्षकमा एथलेटिक्सकी मुख्य प्रशिक्षक उषाकर्ण चौधरी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ