Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हेर्नुहोस् आज मौसम,आंशिक बदली रही सामान्यत सफा रहने


ग्लोबल पाना
बिहीबार , माघ १९ २०७९
  • 227
    SHARES

  • images
    हेर्नुहोस् आज मौसम,आंशिक बदली रही सामान्यत सफा रहने

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

    images
    images
    images

    देशका तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    त्यस्तै, राती प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    तराईका भू-भागहरुमा विहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ