Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास


ग्लोबल पाना
बिहीबार , असार १८ २०८३
  • 186
    SHARES

  • images
    रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास

    काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ । जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा ल्याएको गुनासो हटलाइन नम्बरमा प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको फेला परेको हो ।

    images
    images
    images

    कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जारी गर्नुभएको रासायनिक मल गुनासो हाटलाइन ९७०००९९११३ नम्बरमा आएको गुनासोका आधारमा स्थानीय प्रशासानले छापा हान्दा मल बिक्रि वितरणमा अनियमिता गरेको जानकारी पाइएको हो । सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५३५ बोरा युरिया र १७१ बोरा डीएपी मल ल्याउनुपर्ने थियो । हालसम्म ६०१ बोरा मल लगिसकेको र १०५ बोरा युरिया आउन बाँकी रहेको दाबी थियो ।

    तर, सहकारीमार्फत वितरण गर्नुपर्ने उक्त मल सहकारीको कार्यालयबाट नभई निजी पसलमा राखेर बिक्री गरिरहेको पाइएको थियो । कालिगण्डकी गाउँपालिकामा वडा नं. १ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं. २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं. ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको नेपाल प्रहरीले जनाएको छ ।

    यसका साथै, मल बिक्री गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको छ । यसबारे थप छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ