काठमाडौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट र रसुवामा ‘स्नेहाज केयर’ले उद्धार तथा राहत अभियानलाई निरन्तरता दिएको छ । स्नेहाज केयरका अनुसार उद्धार टोलीले पछिल्लो चार दिनदेखि प्रभावित क्षेत्रमा स्थलगत रूपमा खटिएर विपद्को अवस्थाबारे जानकारी लिएको छ । बाढीका कारण धेरै परिवारले घर तथा सम्पत्तिसहित सबै कुरा गुमाउनुपरेको र ठूलो संख्यामा घाइते तथा असहाय पशुहरू आश्रय र संरक्षणविहीन अवस्थामा रहेको संस्थाले जनाएको छ ।
संस्थाले सहयोगी तथा शुभेच्छुकहरूको सहयोगबाट प्रभावित क्षेत्रमा पुनः फर्किएर आपत्कालीन खाद्यान्न, आवश्यक औषधिजन्य सामग्री तथा आधारभूत आवश्यकताका सामग्री उपलब्ध गराउने जनाएको छ । राहत तथा उद्धार अभियानमा मानवसँगै विपद्मा परेका पशुहरूको उद्धार र उपचारलाई प्राथमिकता दिइएको छ ।
स्नेहाज केयरले विपद्को कठिन परिस्थितिमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रभावित समुदायमा सुरक्षा, राहत र मानवीय संवेदना पुर्याउने अभियान जारी राख्ने जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


