Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विपद्मा भोकै रहेका स्यार्फुवेशीका सामुदायिक कुकुरलाई हेलिकप्टरबाट NAWES ले पुर्‍यायो राहत


ग्लोबल पाना
बिहीबार , असोज १५ २०८३
  • 441
    SHARES

  • images
    विपद्मा भोकै रहेका स्यार्फुवेशीका सामुदायिक कुकुरलाई हेलिकप्टरबाट NAWES ले पुर्‍यायो राहत

    रसुवा । रसुवाको स्यार्फुवेशीमा विपद्का कारण खाद्यान्नको अभावमा रहेका सामुदायिक कुकुरका लागि राहत सामग्री पुर्‍याउने कार्यमा Temple Dog Rescue को महत्वपूर्ण सहयोग रहेको छ । Temple Dog Rescue ले IFAW को सहकार्यमा उपलब्ध गराएको सहयोगलाई NAWES ले सरकारी निकायसँग आवश्यक समन्वय गर्दै WFP काे हेलिकप्टरमार्फत दुर्गम क्षेत्रमा रहेका कुकुरसम्म राहत सामग्री पुर्‍याएको हो । सडक तथा स्थलमार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा पुग्न कठिन भइरहेको अवस्थामा Temple Dog Rescue को पहल र IFAW तथा NAWES बीचको समन्वयले यो राहत अभियान सफल भएको हो ।

    images
    images
    images

    विपद्ले सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उक्त क्षेत्रमा मानिससँगै सामुदायिक कुकुरहरूको अवस्था पनि अत्यन्त कठिन बनेको थियो । खाना र पानीको अभावमा ती निर्दोष जीवहरू भोकसँग संघर्ष गरिरहेका थिए । मानिसहरूका लागि राहत तथा उद्धारका प्रयास भइरहे पनि आफ्नो पीडा व्यक्त गर्न नसक्ने ती आवाजविहीन जीवहरूका लागि भने यश ठाउमा सहयोग पुग्न कठिन भइरहेको थियो । यही अवस्थालाई ध्यानमा राख्दै NAWES ले दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुसम्म खाद्य सामग्री पुर्‍याएको हो । विपद्को समयमा पशुलाई समेत राहतको दायरामा समेट्दै गरिएको यो पहल पशुकल्याण र मानवीय संवेदनाको महत्वपूर्ण उदाहरण बनेको छ ।

    NAWES संस्थाकी अध्यक्ष सुमेधा गौतम मैनालीले विपद्का कारण भोकै बस्न बाध्य सामुदायिक कुकुरहरूका लागि स्यार्फुवेशीसम्म खाना पुर्‍याउन सकिएकोमा आफू निकै खुसी र भावुक भएको बताइन् । मानिसहरूका लागि राहत पुगिरहेका बेला बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले पहल गरिएको उनको भनाइ छ । “मानिसहरूका लागि राहत पुगिरहँदा बोल्न नसक्ने यी निर्दोष जीवहरू भोकै नपरून् भन्ने हाम्रो प्रयास हो । उनीहरूका लागि केही खाना पुर्‍याउन सक्नु पनि ठूलो सन्तोषको विषय हो,” उनले भनिन् ।

    NAWES का कार्यकारी निर्देशक हरि प्रसाद जोशीले विपद्का बेला पशुहरू पनि उत्तिकै पीडित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको प्राथमिकतामा समेटिनुपर्ने बताए । उनका अनुसार स्यार्फुवेशीमा रहेका सामुदायिक कुकुरहरू आफैं राहत माग्न सक्ने अवस्थामा थिएनन् र बाटो अवरुद्ध भएका कारण उनीहरूसम्म पुग्नसमेत कठिन थियो । “विपद्को समयमा मानिसको पीडा देखिन्छ, सुनिन्छ र उनीहरूका लागि राहतको पहल हुन्छ ।

    तर यी सामुदायिक कुकुरहरू न आफ्नो पीडा भन्न सक्छन्, न राहत माग्न सक्छन् । उनीहरू भोक, डर र अभावबीच त्यहीँ बस्न बाध्य थिए । यस्तो अवस्थामा उनीहरूसम्म खाना पुर्‍याउनु केवल सहयोग होइन, आवाजविहीन जीवप्रतिको हाम्रो जिम्मेवारी पनि हो,” जोशीले भने । उनले सरकारी संयन्त्र तथा समन्वयमा यस्तो कठिन अवस्थामा रहेका पशुसम्म राहत पुर्‍याउन सकिनु उदाहरणीय भएको बताए ।

    “विपद् व्यवस्थापन मानिस केन्द्रित मात्र हुनुहुँदैन । मानिससँगै पशुहरूको जीवन र कल्याणलाई पनि राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्छ । सरकारी निकायको संयन्त्र, WFP को हेलिकप्टर सहयोग तथा TEMPLE DOG RESCUE र IFAW को आर्थिक सहयोगले दुर्गम क्षेत्रमा रहेका यी जीवसम्म राहत पुर्‍याउन सम्भव भएको हो,” उनले भने । विपद्को पीडा मानिसले मात्र होइन, पशुहरूले पनि उत्तिकै भोगिरहेका हुन्छन् । घर, गोठ र बासस्थान गुमाएका तथा खाना र पानीको पहुँचबाट टाढा भएका पशुहरू आफ्नो जीवन जोगाउन संघर्ष गरिरहेका हुन्छन् । विशेषगरी सामुदायिक कुकुरजस्ता आवाजविहीन जीवहरूका लागि यस्तो अवस्था अझ कठिन हुन्छ । उनीहरू न आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्छन्, न कसैसँग सहयोग माग्न ।

    पशु कल्याण तथा वातावरणको क्षेत्रमा लामो समयदेखि सक्रिय अमि कट्टेल (मधु) ले विपद्का समयमा पशुहरूको अवस्था झनै संवेदनशील बन्ने भएकाले उद्धार तथा राहतका हरेक प्रयासमा उनीहरूलाई पनि प्राथमिकताका साथ समेटिनुपर्ने बताइन् । कट्टेलले स्यार्फुवेशीका सामुदायिक कुकुरहरूका लागि हेलिकप्टरमार्फत खाद्य सामग्री पुर्‍याउनु केवल तत्कालीन भोक मेटाउने प्रयास मात्र नभई विपद्का समयमा पशुप्रति मानवीय संवेदना र जिम्मेवारी देखाउने महत्वपूर्ण कदम भएको बताइन् । “विपद्का बेला मानिसहरू आफ्नो पीडा व्यक्त गरेर सहयोग माग्न सक्छन्, तर पशुहरूले आफ्नो अवस्था बताउन सक्दैनन् । त्यसैले उनीहरूको पीडा बुझेर समयमै सहयोग पुर्‍याउनु हाम्रो जिम्मेवारी हो । स्यार्फुवेशीका सामुदायिक कुकुरहरू लामो समयदेखि खानाको अभावमा रहेका अवस्थामा उनीहरूसम्म खाद्य सामग्री पुर्‍याउन सक्नु हाम्रो लागि पनि भावुक क्षण हो,” उनले भनिन् ।

    स्थानीयका अनुसार स्यार्फुवेशीमा पशुपन्छीका लागि अझ सम्म कुनै पनि राहत सामाग्री पुग्न नसकेकाेले करिब ६०–७० वटा सामुदायिक कुकुरहरू लामो समयदेखि खान नपाएर भोकभोकै बस्न बाध्य थिए । विपद्का कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उक्त क्षेत्रमा कुनै पनि राहत सामग्री पुग्न सकेको थिएन । भोक र अभावका कारण कुकुरहरू छट्पटाइरहेको अवस्थामा NAWES ले हेलिकप्टरमार्फत खाद्य सामग्री पुर्‍याएर उनीहरूलाई खाना खुवाउन सहयोग गरेको स्थानीयहरूले बताएका छन् ।

    स्थानीयका अनुसार विपद्को कठिन अवस्थामा सामुदायिक कुकुरहरूका लागि समेत राहत सामग्री पुर्‍याइनु निकै महत्वपूर्ण सहयोग हो । मानिसहरूका लागि राहत तथा उद्धारका प्रयास भइरहेका बेला लामो समयदेखि खान नपाएका कुकुरहरूका लागि NAWES ले गरेको यो पहलले उनीहरूलाई तत्काल ठूलो राहत मिलेको स्थानीयको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ