नुवाकोट । बाढी प्रभावित क्षेत्रमा पशुचौपायामा रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पशु स्वास्थ्यसम्बन्धी पहलका बारेमा जानकारी लिएको छ ।
त्यसैगरी, टोलीले नुवाकोटस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग भेट गरी बाढी प्रभावित पशुचौपायाका लागि आवश्यक औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
बाढीपछि पशुचौपायामा विभिन्न रोगको संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तत्काल आवश्यक औषधि, खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराइएको टोलीले जनाएको छ । टोलीले प्रभावित क्षेत्रमा पशु स्वास्थ्य अवस्था अनुगमन तथा आवश्यक प्राविधिक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


