Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन


ग्लोबल पाना
शुक्रबार, असार २६ २०८३
  • 145
    SHARES

  • images
    युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

    काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभाग तथा निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको ठूलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न निर्देशन दिनुभयो ।

    images
    images
    images

    उहाँले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिना भित्र आफ्नो मातहत बाट कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नशिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो । “युवा पुस्ताको अपेक्षा अनुसार परिणाम देखिने गरी काम गर्नुपर्छ । मन्त्रालय अन्तर्गतका सबै निकायले यसै महिना भित्र कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नशिप र स्वयंसेवामा जोड्न सकिन्छ भन्ने स्पष्ट योजना पेश गर्नुपर्छ” उहाँले निर्देशन दिनुभयो ।

    मन्त्री चौधरीले कार्यान्वयनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका युवालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो । छलफलका क्रममा विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालय मार्फत हाल पनि पारिश्रमिक सहित तथा पारिश्रमिक बिनाका इन्टर्नशिप र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभयो । विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई इन्टर्नशिपमा सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण कतिपय अवस्थामा सेवा–सुविधा उपलब्ध गराउन कठिनाइ रहेको उहाँहरूको भनाइ थियो ।

    त्यसको जवाफमा मन्त्री चौधरीले आवश्यक कानुनी संशोधनका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने बताउँदै अहिलेका लागि मन्त्रालय अन्तर्गतका सबै कार्यालयबाट तत्काल कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नशिप तथा स्वयंसेवामा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत तथ्याङ्क तत्काल पेश गर्न निर्देशन दिनुभयो । मन्त्री चौधरीले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका नेपाली युवाका लागि साझा मञ्च निर्माण गर्ने तयारी समेत अघि बढाइएको जानकारी दिनुभयो ।

    मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड तथा जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी रोजगारी, पारिश्रमिक सहितको इन्टर्नशिप र स्वयंसेवाका अवसर उपलब्ध गराउने तयारी गरेको उहाँले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ