काठमाडौं । राजधानीको बल्खु खसी बजारमा बिक्रीका लागि सयौँ बाख्रा राखिएका छन् । विभिन्न जिल्लाबाट ल्याइएका यी बाख्राहरू खरिदकर्ताको प्रतीक्षामा बजारमा थन्किएका छन् । केही बाख्रा समूहमा उभिएका देखिन्छन् भने केही थकित र शान्त अवस्थामा बसिरहेका छन् ।
यी बाख्राहरूका लागि बजार केवल किनबेच हुने स्थान मात्र होइन, उनीहरूको जीवनको अन्तिम यात्रा सुरु हुने ठाउँ पनि हो । बजारमा बेचिएपछि अधिकांश बाख्राहरू मासुका लागि वधशालातर्फ लैजाने गरिन्छ । बोल्न नसक्ने यी निर्दोष जीवहरूले आफ्नो भविष्यबारे केही थाहा पाउँदैनन् । उनीहरू मानवको निर्णयमा निर्भर छन् ।
उनीहरूको मौन अनुहार र निरीह नजरले पशु कल्याण, मानवीय व्यवहार तथा पशु ढुवानी र व्यवस्थापनका विषयमा गम्भीर प्रश्न उठाइरहेका छन् ।
बजारदेखि वधसम्मको सम्पूर्ण प्रक्रियामा पशुहरूको कल्याण सुनिश्चित गरिनु आवश्यक छ । उचित हेरचाह, पर्याप्त आहार, स्वच्छ पानी र अनावश्यक पीडाबाट जोगाउने व्यवस्था हुनु आजको आवश्यकता हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


