Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आगामी मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी - २०८३’ आयोजना हुने, प्रदर्शनीका लागि स्टल बुकिङ खुला


ग्लोबल पाना
शनिबार, साउन २ २०८३
  • 191
    SHARES

  • images
    आगामी मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी - २०८३’ आयोजना हुने, प्रदर्शनीका लागि स्टल बुकिङ खुला

    काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आगामी मंसिरमा सङ्घीय राजधानी काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०८३’ २६) आयोजना हुने भएको छ । “कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि“ भन्ने मूल नाराका साथ आगामी २०८३ मंसिर ४, ५ र ६ गते (नोभेम्बर २०, २१ र २२, २०२६) भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि साउन एक गते देखि स्टल बुकिङ खुला गरिएको छ ।

    images
    images
    images

    नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा यो प्रदर्शनी हुन लागेको हो । नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रको रूपान्तरणमा टेवा पुऱ्याउने उद्देश्यले आयोजना गरिने यस मेलाका लागि आगामी २०८३ श्रावण १ गते देखि स्टल बुकिङ खुला गरिने आयोजकले जनाएका छन् ।

    विगत वि.स. २०७१ सालमा स्थापना भएको गैर–नाफामूलक सामाजिक संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघ र सरकारका विभिन्न निकायहरूको सहकार्यमा हालसम्म पाँच पटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एक पटक प्रादेशिक प्रदर्शनी तथा एक पटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

    वि.स. २०७० सालमा चितवनको भरतपुरमा तत्कालीन कृषि इन्जिनियरिङ्ग निर्देशनालयको अगुवाइमा प्रथम प्रदर्शनी आयोजना गरिएको पृष्ठभूमिमा यस वर्षको अन्तर्राष्ट्रिय संस्करण थप बृहत् र प्रविधिमैत्री हुने विश्वास लिइएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिता नेमाफुकिले जानकारी दिनुभयो नेमाफुकिका अनुसार प्रदर्शनीमा एक सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीकर्ताहरूको सहभागिता रहनेछ भने कुल स्टल संख्या दुई यस भन्दा बढी स्टटहरु रहने, विश्वका करिब १० मुलुकका २००० भन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा नवीनतम प्रविधिहरू एकै थलोमा प्रदर्शन गरिने छ ।

    यस्तै नेपाल कृषि मेशिनरी व्यवसायी संघका सदस्यहरूका साथै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले ’मेड इन नेपाल’ र ’मेक इन नेपाल’ अन्तर्गतका कम्पनीहरूलाई विशेष छुट प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । कृषक, उद्यमी तथा सर्वसाधारणका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, आधुनिक सिँचाई प्रणाली, पोस्ट–हार्भेष्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक यन्त्र–उपकरणका साथै उन्नत बीउबिजनहरूको प्रदर्शनी गरिनेछ ।

    यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक र विक्रेताहरूको सहभागिता सुनिश्चित भइसकेको छ । आयोजकका अनुसार यस मेलाको मुख्य उद्देश्य कृषक, कृषि उद्यमी, उपभोक्ता र नीति निर्माताहरूलाई नवीनतम प्रविधिबारे जानकारी गराउनु हो । यसका साथै, कृषि यन्त्रहरूको प्रचारप्रसार गरी आन्तरिक बजारको प्रवद्र्धन गर्ने, व्यवसायी र उपभोक्ताबीच सीधा समन्वय कायम गर्ने तथा व्यावसायिक कृषि प्रणालीबारे चेतना अभिवृद्धि गरी नयाँ लगानीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

    मेलाले कृषि विज्ञ, उत्पादक, आयातकर्ता र कृषकहरूबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा कृषक, कृषक समूह, कृषि सहकारी, कृषि उद्यमीका साथै कृषि विधाका विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, वैज्ञानिक र नीति निर्माताहरूको बाक्लो अवलोकन रहने अनुमान गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ