Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कृषि मन्त्री चौधरी र FAO की निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता


ग्लोबल पाना
मंगलबार, साउन ५ २०८३
  • 158
    SHARES

  • images
    कृषि मन्त्री चौधरी र FAO की निर्देशक  हुआ याङबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं । माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) की South-South and Triangular Cooperation Division (PST) की निर्देशक तथा Office of the Director-General की Deputy Director of Cabinet हुआ याङ बीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

    images
    images
    images

    भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली (Agrifood Systems) विकास तथा दक्षिण-दक्षिण एवं त्रिपक्षीय सहयोग (South-South and Triangular Cooperation) विस्तारका विषयमा छलफल भएको थियो। मन्त्रीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि FAO सँगको सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। छलफलका क्रममा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि तथा मान्यताप्राप्त (Accredited) प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केत (Geographical Indication-GI) सम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ बनाउने विषयमा समेत विचार आदान–प्रदान भएको थियो।

    हुआ याङले हालै आफूले South-South and Triangular Cooperation Division को नेतृत्व सम्हालेको उल्लेख गर्दै नेपाललाई प्राथमिकतामा राखी सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले आगामी कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम तथा FAO मुख्यालय, रोममा आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभयो।

    दुवै पक्षले नेपाल सरकार र FAO बीचको सहकार्यलाई थप सुदृढ बनाउँदै दिगो, उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ