धनगढी । प्रदेश राजधानी धनगढीमै पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ । अझ विडम्बनापूर्ण अवस्था त कतिपय स्थानमा मानिस तथा सामान ओसारपसारका लागि अझै गोरुगाडाको सहारा लिनुपर्ने अवस्था रहेको छ । पुलजस्तो आधारभूत पूर्वाधार निर्माणमा भइरहेको ढिलाइको प्रत्यक्ष असर मानिससँगै पशुमाथि पनि परेको छ ।
भारी सामान र मानिस बोकाएर खोलाको जोखिमपूर्ण बाटो पार गराउँदा गोरुहरूलाई शारीरिक श्रम, चोटपटक, थकान र तनावको जोखिम हुने गर्दछ । विकासको नाममा पूर्वाधार अभावको भार निर्दोष पशुमाथि थोपर्नु उचित होइन । मानिसको सुरक्षित आवतजावत सुनिश्चित गर्नु राज्यको दायित्व हो भने पशुलाई अनावश्यक पीडा र अत्यधिक श्रमबाट जोगाउनु पनि हाम्रो जिम्मेवारी हो ।
पुल नहुँदा स्थानीयको यात्रा कष्टकर बनेको मात्र होइन, पशु कल्याणको सवालसमेत गम्भीर बनेको छ । आधुनिक र समृद्ध प्रदेश राजधानीको दाबी गरिरहँदा नागरिकलाई सुरक्षित बाटो र पशुलाई पीडारहित जीवन दिने पूर्वाधार निर्माणमा सम्बन्धित निकायले तत्काल ध्यान दिन आवश्यक छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


