Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज उपनिर्वाचन बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदान


ग्लोबल पाना
आइतबार, वैशाख १० २०८०
  • 407
    SHARES

  • images
    आज उपनिर्वाचन बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदान

    काठमाडौं । उपनिर्वाचनका लागि आज मतदान हुदैँछ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुनेछ । बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन हुन लागेको हो । चितवन-२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

    images
    images
    images

    सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ । यसैगरी बारा-२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहु-१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

    बारा-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ-१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वणर्िम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ