Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमालेसहित ३ दलको अवरोधपछि संसद बैठक स्थगित


ग्लोबल पाना
आइतबार, जेठ २१ २०८०
  • 341
    SHARES

  • images
    एमालेसहित ३ दलको अवरोधपछि संसद बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ। आइतबार निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको प्रतिनिधिसभाको बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको हो।

    images
    images
    images

    नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर एमाले, रास्वपा, राप्रपासहितका दलका सांसदले उठेर विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए।

    सभामुख देवराज घिमिरेले सभाको ध्यानाकर्षण भएको भन्दै बसेर बैठकलाई नियमित प्रक्रियामा लैजान सहयोग गर्न आग्रह गरे। तर, उनीहरुले मानेनन्, उठेर विरोध जनाउँदै नाराबाजी गरिरहे।

    पटक पटकको आग्रह नमानेपछि सभामुख घिमिरेले आइतबार नै बस्नेगरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ