Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 392
    SHARES

  • images
    आज मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि प्रदेशसभाको बैठक आजै साँझ पाँच बजेका लागि बोलाइएको छ।

    images
    images
    images

    मुख्यमन्त्री यादवमा स्कीय सचिव चन्देश्वर महतोका अनुसार सरकारबाट नेकपा एमाले बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा वा सरकारबाट बाहिरिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता भएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। यादव एमाले र जनमत पार्टीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

    तर केन्द्रमा एमालेसँगको समीकरण परिवर्तन भएपछि प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र जसपा सरकारमा सहभागी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ