Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हारुन अन्सारी बने सुनसरी मुस्लिम संघको सभापति


ग्लोबल पाना
बिहीबार , साउन ३२ २०८०
  • 561
    SHARES

  • images
    हारुन अन्सारी बने सुनसरी मुस्लिम संघको सभापति

    सुनसरी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ सुनसरी जिल्लाको सम्पन्न अधिवेशनले सभापतिमा हारुन अन्सारीलाई सर्वसम्मतले चयन गरेको छ । नवनिर्वाचित सभापति अन्सारी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर-४ का निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।

    images
    images
    images

    सभापति अन्सारीको नेतृत्वमा २१ सदस्यीय नेपाल मुस्लिम संघको सुनसरी जिल्ला कार्यसमिति गठन भएको नेपाल मुस्लिम संघ कोशी प्रदेश सभापति एवं प्रदेश सांसद इस्राइल मन्सुरीले बताउनुभयो ।

    सो कार्यसमितिको पुरुष तर्फका उपसभापतिमा वहाब अन्सारी र महिला तर्फका उपसभापतिमा नजिरा खातुन चयन हुनुभएको छ भने सचिबमा हजरत मन्सुरी, सह-सचिबमा डाक्टर नजाम अन्सारी, कोषाध्यक्षमा नसरुद्दीन मिया, सह-कोषाध्यक्षमा सेराज हुसेन फलाही चयन हुनुभएको छ ।

    यस्तै सदस्यहरुमा अकबरी बेगम, नजमा खातुन, जलेशा बिबी, मोलिम अन्सारी, मासुम अलि अन्सारी, जावेद आलम, मन्जुर आलम, इसराफिल रैन,फिरोज आलम, सैय्यब अन्सारी, मुखतार मिया, सेराजुद्दीन अन्सारी, अब्दुल मिया, बसिर मिया, हाफिज लियाकत मिया र इसराइल मन्सुरी लगायतकाहरु चयन हुनुभएको नवनिर्वाचित सभापति अन्सारीले जानकारी दिनुभयो ।

    नव निर्वाचित सभापति हारुन अन्सारीले नेपाल मुस्लिम संघको अधिवेशनबाट आपूmलाई दिएको जिम्मेवारी सहर्ष स्विकार्दै संघलाई चलायमान बनाउनेतर्फ केन्द्रित हुने बताउनुभयो । मुस्लिम संघको विधान अनुसार जिल्लामा काम गर्ने र १२ वटै पालिकामा संगठनलाई चुस्त दुरुस्त बनाउने र आएको सल्लाह सुझावलाई आत्मसाथ गरी संघलाई सुधार गर्दै लैजाने उहाँले बताउनुभयो ।

    सभापति अन्सारीले कसैलाई पनि भेदभाव नगरीकन सबैलाई अवसर प्रदान गर्ने, सहमति, सहकार्य र एकताको मुलमन्त्रलाई कायम गरी मुस्लिम समुदायको हक अधिकार प्राप्तिका लागि आवाज बुलन्द बनाउने कामतर्फ सदैव केन्द्रित हुने समेत बताउनुभयो ।

    नवनिर्वाचित उपसभापति वहाव अन्सारीले नेपाल मुस्लिम संघ सुनसरीमा युवापुस्ताहरुलाई नेतृत्व प्रदान गरेकोले आउने दिनमा नमूना काम गरी संघको नाम उच्च पार्ने गरी चलायमान बनाउनेतर्फ केन्द्रित हुने बताउनुभयो ।

    यस्तै नवनिर्वाचित सचिव हजरत मन्सुरीले कैयो वर्षदेखि संघको अधिवेशन हुन नसकेकाले नेतृत्व परिर्वतन हुन समय लागेको बताउनुहुँदै नयाँ नेतृत्वले संघलाई अग्रस्थानमा लैजानका लागि सबैसँग हातेमाले गरेर अगाडी बढने बताउनुभयो । उहाँले मुस्लिम समुदायको हरेक समस्यामा मुस्लिम संघले अगुवाई गर्ने समस्या समाधानका लागि अग्रसर हुने समते बताउनुभयो ।

    नेपाल मुस्लिम संघ सुनसरीको अधिवेशनले महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत सर्वसम्मत रुपले चयन गरेको छ । नेपाल मुस्लिम संघ सुनसरीको अधिवेशनबाट नेतृत्व चयन गर्नका लागि नेपाल मुस्लिम संघ कोशी प्रदेश सभापति एवं कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो ।

    सो समिति सदस्यहरुमा नेपाल मुस्लिम संघका कार्यवाहक सभापति डाक्टर अताबुल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद रहनुभएको थियो ।

    पाँच सदस्यीय समितिले गरेको निणर्य अनुसार हारुन अन्सारी नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ