Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला समन्वय समिति कास्कीद्वारा फिर्के पूलको अनुगमन 


ग्लोबल पाना
मंगलबार, माघ २ २०८०
  • 371
    SHARES

  • images
    जिल्ला समन्वय समिति कास्कीद्वारा फिर्के पूलको अनुगमन 

    पोखरा । जिल्ला समन्वय समिति कास्कीको अनुगमन टोलिले पोखरा बागलुङ राजमार्ग अन्तर्गत  फिर्के खोल माथी निर्माधिन पूलको काम २०८१  असार मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ।  

    images
    images
    images

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वको अनुगमन टोलिले उक्त राजमार्ग अन्तर्गत पोखरा महानगर पालिका वडा न  दुई,चार र पाँचको सिमानामा पर्ने सो पूलको निर्माण कार्य  असार मसान्तसम्म  निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई   निर्देशन दिएको हो ।

    सो पूलको निर्माण कार्यमा  अत्यन्तै ढिलाइ भएको र  जसका कारण अत्याधिक दुर्घटना समेत हुने गरेको    जन गुनासो बढेपछि स्थलगत अनुगमन गरेर कामलाई तिब्ररूपमा गुणस्तरीय तवरले सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुख पौडेलले बताउनु भयो।   

    बिकास समयमा गुणस्तरीय तवरले हुनुपर्यो जनताले कुनै गुनासो नगर्ने गरि आयोजनाका काम गर्नुस् , कुनै पनि बहानामा बिकासमा ढिला सुस्ती गर्ने र जनतालाइ दुख दिने काम कुनै हालतमा सह्य हुदैन प्रमुख पौडेलको कथन थियो।  पौडेलले बिभागिय कार्यालयहरूले  संचालित आयोजनाहरूको मासिक कार्यप्रगती विवरण तयार गर्दै कठिनाइहरूको निराकरणमा घनिभुत तवरले लाग्न अनुरोध गर्नुभयो ।

    पोखरा महानगर वडा न दुइका अध्यक्ष दिवसमान प्रधानाङ्ग, चारका अध्यक्ष देवकृष्ण पराजुली, पाँचका अध्यक्ष बिष्णु बराल र जनप्रतिनिधि, जिल्ला समन्वय अधिकारी नवराज बराल ,सरोकारवाला कार्यालय  सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोला ,इन्जिनियर र प्राबिधिक सहित अनुगमनमा पुग्नुभएका पौडेलले कुनै एक पक्ष मात्रै कमजोर तवरले लागेमा निर्धारित लक्ष्य पूरा नहुने भन्दै  सबै निकाय जिम्मेवारीका साथ लागे मात्रै समृद्धि सम्भब भएको बताउनु भयो।   

    जिल्ला समन्वय समिति  कास्कीमा  आफ्नो नेतृत्वको समिति आएपछी बिकासमा हुने लापरबाही र जनताका गुनासा सुनेर समन्वय  सहजीकरणका लागि गुनासो डेस्क राखिएको भन्दै पौडेलले, कास्कीका बिकास निर्माण र कार्यालयहरूको सेवा प्रबाहमा समेत  कहिँ कतै कमजोरी भेटेमा तत्काल आफुहरूलाइ खबर गर्न स्थानीय सरोकारवालाहरू सहित सम्पूर्ण कास्कीबासी महानुभाबहरू लाइ आग्रह समेत गर्नुभयो।

    बि स २०७५ सालमा सम्झौता भएर तीस महिनामा सक्नु पर्ने उक्त पूलको काम पटक पटक म्याद थप हुँदै पछिल्लो पटक २०८१ असार मसान्तसम्म सम्पन्न गर्ने गरि म्याद थप भएको बताइएको छ।   

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ