Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२४’ फारम खुला


ग्लोबल पाना
मंगलबार, मंसिर ११ २०८१
  • 245
    SHARES

  • images
    ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२४’ फारम खुला

    काठमाडौं। पाँचौं संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२४’ फारम खुला गरिएको छ। यो अवार्ड बिगत पाँच वर्षदेखि नियमित रुपमा हुँदै आएको छ। सन २०१८ मा घोषणा भएको यो अवार्ड कोरोनाका कारण एकवर्ष सारेर २०२० बाट सुरु गरिएको थियो।

    images
    images
    images

    आयोजक संस्था स्टार इन्टरटेनमेन्ट यसै क्रममा नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२४ को फारम खुला गरिएको जनाएको छ। आयोजक पक्षले सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्डको फारम खुला गरिएको जनाएको छ।

    बिगत चार वर्षदेखि नेपालमा आयोजना हुँदै आएको यो अवार्ड यसपटक थाईल्यान्डको राजधानी बैंककमा गरिने लक्ष्य रहेको आयोजक संस्था स्टार इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाले बताएकी छिन्।

    नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड आयोजना हुँदै आएको पनि उनले बताएकी छिन्। यो अवार्डमा सहभागी हुन चाहने गीतहरु सन २०८० असारदेखि २०८१ कात्तिक मसान्तसम्म सार्वजनिक भएका गीतसंगीत, म्युजिक भिडियोले यो अवार्डमा भाग लिन पाउने छन्।

    अवार्ड आयोजक निरौलाका अनुसार अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन्। गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन्।

    कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ।

    संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ। फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ।

    यो अवार्डकी संयोजक सरिता भारतीले आयोजक संस्थाको कार्यालय शँखमुल तथा अनलाईनबाट पनि अवार्डको लागि फरम भर्न सकिने बताएकी छिन्। यो अवार्डमा सहभागी हुन चाहनेहरुले फारम भरेर यही मँसिर मसान्तसम्म आयोजक पक्षलाई बुझाईसक्नु पर्ने पनि सरिताले बताएकी छिन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ