Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दक्षिण कोरियाली राष्ट्रपतिलाई देश छाड्न प्रतिबन्ध


ग्लोबल पाना
बुधबार, मंसिर २६ २०८१
  • 188
    SHARES

  • images
    दक्षिण कोरियाली राष्ट्रपतिलाई देश छाड्न प्रतिबन्ध

    काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । देशको न्याय मन्त्रालयका अनुसार राष्ट्रपति युनलाई मार्शल ल घोषणा गरेको आरोपमा उनीविरुद्ध सुरु गरिएको अनुसन्धानका कारण विदेश यात्रा गर्न वा देश छाड्न दिइने छैन। उनले एक साताभन्दा कम अवधिमा मार्सल ल लगाएर देशलाई अराजकतामा फसाएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    विपक्षीले युनलाई सत्ताबाट हटाउन संसदमा फेरि महाभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । युनले ३ डिसेम्बर राति अचानक मार्शल ल घोषणा गरे र संसदमा विशेष बल र हेलिकप्टर पठाए। विपक्षीसहित उनको पार्टीका सांसदहरुले उनको आदेशलाई अस्वीकार गर्दै निणर्य फिर्ता लिन बाध्य पारेका थिए । राष्ट्रपति युनले महाभियोगको सामना गर्नुपरेको थियो र अहिले उनले यो निणर्यको लागि आपराधिक अनुसन्धानको सामना गरिरहेका छन् ।

    यद्यपि, उनी संसदमा महाभियोग प्रस्तावबाट मुस्किलले बचे तर यसलगत्तै राष्ट्रपति विरुद्ध कडा कारबाहीको माग गर्दै सियोलभरि विरोध प्रदर्शन भयो। उनलाई सत्ताबाट हटाउन माग गर्दै चर्को चिसोमा संसदबाहिर ठूलो भीडले प्रदर्शन गरेको थियो । राष्ट्रपतिको रूपमा पदमा रहँदा पनि युन सुक योल र उनका नजिकका सहयोगीहरूले कथित विद्रोहको अनुसन्धान सहित धेरै अनुसन्धानहरूको सामना गरिरहेका छन्।

    न्याय मन्त्रालयले सोमबार युन यस्ता पहिलो पहिलो दक्षिण कोरियाली राष्ट्रपति भएको पुष्टि गरेको छ जसलाई पदमा रहँदा देश छोड्न प्रतिबन्ध लगाइएको छ। गत हप्ता, राष्ट्रपति यूनले उत्तर कोरियाको समर्थन प्राप्त ‘राष्ट्रविरोधी’ र ‘कम्युनिस्ट’ शक्तिहरू विरुद्ध निणर्ायक युद्धमा आपतकालीन मार्शल लको घोषणा गरेको बताएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ