Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

युक्रेनसँग बार्ता गर्न पुटिन सहमत, १५ मे बाट बार्ता सुरू गर्न पुटिनको प्रस्ताव


ग्लोबल पाना
आइतबार, वैशाख २८ २०८२
  • 249
    SHARES

  • images
    युक्रेनसँग बार्ता गर्न पुटिन सहमत, १५ मे बाट बार्ता सुरू गर्न पुटिनको प्रस्ताव

    मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन् । राष्ट्रपति पुटिनले अब शान्ति बार्ताका लागि कुनै ढिलाइ नगरी आगामी मे १५ बाट बार्ता सुरू गर्नु पर्ने जनाएको छन् । ‘हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्नको लागि गम्भीर वार्ता खोज्छौं,’ उनले शनिबार राती क्रेमलिनबाट टेलिभिजनमा दुर्लभ सम्बोधनमार्फत भने।

    images
    images
    images

    बेलायतका प्रधानमन्त्री सर केयर स्टारर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलगायत युरोपेली नेताहरूले युक्रेनको भ्रमण गरेका छन र रुसलाई बिना शर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरे लगत्तै पुटिनको यो अभिब्यक्ति आएको हो।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका थिए कि मस्कोले यसको माध्यमबाट सोच्नु पर्छ । तर, उनले चेतावनी दिए कि रूसलाई दबाब दिने प्रयास गर्नु भने बेकार छ ।

    आफ्नो विज्ञप्तिमा पुटिनले टर्कीको राजधानी इस्तानबुलमा हुने प्रस्ताव गरेको वार्ताको क्रममा रुस र युक्रेनले नयाँ युद्धविराम सहमत हुन सक्नेछन् भन्ने कुरालाई अस्वीकार नगर्ने बताएका छन् । त्यसका लागि रुसी नेताले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग आइतबार कुरा गर्नेसमेत बताएका छन्। पुटिनको प्रस्तावमा कीभले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

    यसअघि शनिबार युरोपेली नेताहरूले युक्रेनको राजधानीको यात्रा गरी सोमबार देखि युक्रेनसँग एक महिना लामो युद्धविराममा सहमत हुन मस्कोलाई आह्वान गरेका थिए

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ