Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

ट्रम्प भए टाइम म्यागेजिनको ‘पर्सन अफ दि इयर’


ग्लोबल पाना
शुक्रबार, मंसिर २८ २०८१
  • 230
    SHARES

  • images
    ट्रम्प भए टाइम म्यागेजिनको ‘पर्सन अफ दि इयर’

    न्युयोर्क। टाइम म्यागजिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२४ को वर्ष व्यक्तिको रूपमा चयन गरेको छ। सन् २०१६ पछि दोस्रो पटक ट्रम्प ‘पर्सन अफ द इयर’ चुनिएका हुन् । ‘टाइम पर्सन अफ द इयर’ को रूपमा जो कोही पनि छान्न सकिन्छ, यो आवश्यक छैन कि उसले राम्रो काम गरेको होस् ।

    images
    images
    images

    ‘पर्सन अफ द इयर’ बनेपछि ट्रम्पले अब न्यूयोर्क स्टक एक्सचेन्जको ट्रेडिङ डेको ओपनिङ बेल बजाउने भएका छन् । यो कुनै पनि व्यक्तिको लागि ठूलो सम्मान मानिन्छ। यस वर्षको अवार्डको दौड ट्रम्प, कमला ह्यारिस, एलन मस्क, बेन्जामिन नेतान्याहु र वेल्सको राजकुमारी केट मिडलटन बीच भएको समाचार बाहिर आएको थियो ।

    खासमा धेरैलाइ थाहा नहुन सक्छ, ट्रम्प र टाइम म्यागजिनको सम्बन्धमा उथलपुथल भइरहन्छ । ट्रम्पले धेरै पटक टाइम म्यागेजिनको आलोचना गरेका थिए र छन्। पहिलो अर्थात सन २०१२ मा उनले टाइम पत्रिकाले १०० सबैभन्दा शक्तिशाली व्यक्तिहरूमा उनलाइ समावेश नगर्दा सबै विश्वसनीयता गुमाएको सार्बजनिक प्रतिक्रिया दिएका थिए ।

    सन् २०१५ मा तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केल पर्सन अफ द इयर बनेपछि ट्रम्पले ट्विटरमा लेखेका थिए, ‘अहिले उनीहरू (टाइम म्यागेजिन) ले जर्मनीलाई बर्बाद गर्ने व्यक्तिलाई चुनेका छन्।’

    सन् २०१६ मा ‘पर्सन अफ द इयर’ बनेपछि ट्रम्पले यसलाई ठूलो सम्मान भनेर खुसी ब्यक्त गरेका थिए । तर अर्को वर्ष, ट्रम्पले भनिदिए, ‘ यदि म अन्तर्वार्ता र फोटोसुटका लागि राजी भएको भए २०१७ मा पनि यो उपाधि पाउने थिएँ ।’ तर, टाइम म्यागेजिनले भने ट्रम्पको यो दाबीलाइ अस्वीकार गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ