Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ जनाको मृत्यु


ग्लोबल पाना
मंगलबार, पुस २ २०८१
  • 202
    SHARES

  • images
    अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । यस हमलामा अन्य चार जना पनि घाइते भएका छन् । यो घटना सोमबार भएको हो । विद्यालयमा पुग्दा आक्रमणकारीको पनि मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले पीडित वा आक्रमणकारीको बारेमा कुनै जानकारी दिएको छैन। प्रहरीले गोली चलाउनुको कारण थाहा पाउन सकेको छैन । बीबीसीसँग सम्बद्ध सीबीएस न्यूज र अन्य मिडिया रिपोर्टहरूले आक्रमणकारी महिलाको रूपमा वणर्न गरिरहेका छन्।

    म्याडिसनका प्रहरी प्रमुख शान बर्न्सले घटनास्थलमा अफिसरहरूले एउटा ह्यान्डगन बरामद गरेको बताए। अधिकारीहरूले घटनाका प्रत्यक्षदर्शीहरूलाई आफूले देखेका सबै कुराको जानकारी प्रहरीलाई दिन अपिल गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ