Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिका विमान दुर्घटना : १८ शव निकालियो, अहिलेसम्म कोही जीवित भेटिएनन्‌


ग्लोबल पाना
बिहीबार , माघ १७ २०८१
  • 216
    SHARES

  • images
    अमेरिका विमान दुर्घटना : १८ शव निकालियो, अहिलेसम्म कोही जीवित भेटिएनन्‌

    काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बुधबार राति एउटा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएका छन् । दुर्घटनापछि दुवै वाहन पोटोम्याक नदीमा खसेका थिए । विमानमा ४ चालक दलका सदस्यसहित ६४ जना सवार थिए । हेलिकप्टरमा ३ जना सवार थिए । सीबीएस न्यूजका अनुसार अहिलेसम्म १८ जनाको शव निकालिएको छ । अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन् ।

    images
    images
    images

    वाशिंगटन फायर डिपार्टमेन्टका अनुसार घटना रोनाल्ड रेगन एयरपोर्ट नजिकै भएको हो। युएस एयरलाइन्सको सीआरजे ७०० बमबार्डियर जेट र आर्मीको ब्ल्याक हक (एच–६०) हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो। सेनाका अधिकारीका अनुसार हेलिकप्टरमा तीन जना सवार थिए ।

    अमेरिकन एयरलाइन्सको जेट कन्सास राज्यको विचिटाबाट वासिङ्टन आउँदै थियो। कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको छ । अधिकारीहरुका अनुसार राति ८ः५० मा रेगन नेशनल एयरपोर्ट (डीसीए) नजिकै भएको विमान दुर्घटनाको बारेमा धेरै फोनहरु आएका थिए ।

    अहिले विमानस्थलमा सबै उडान र अवतरण रोकिएका छन् । दुवै विमानको भग्नावशेष पोटोमाक नदीमा छ । नदीको औसत गहिराइ २४ फिट रहेको बताइएको छ । नदी ठूलो भएकोले केही यात्रु बगेको हुन सक्ने आशंका गरिएको छ । उद्धारको प्रयास जारी छ । उद्धारको लागि ३०० भन्दा बढी उद्धारकर्मी खटाइएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै लेखेका छन्, “विमान एयरपोर्टको लागि सही बाटोमा थियो। लामो समयसम्म हेलिकप्टर सिधै विमानतर्फ गइरहेको थियो । रात सफा थियो, विमानको बत्ती बलेको थियो, तैपनि हेलिकप्टर किन माथि गएन वा तल ओर्लिएन ?”

    यसअघि ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी गराइएको बताएकी थिइन्। ट्रम्पले यस विषयमा निरन्तर निगरानी गरिरहेका छन् । राष्ट्रपतिले जनतालाई शान्त रहन आग्रह गरेका छन् र उद्धारका लागि अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

    उपराष्ट्रपति जेडी भान्सले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरुका लागि प्रार्थना गर्न अपिल गरेका छन् ।

    सीएनएनका अनुसार यात्रुहरूको उद्धारका लागि गोताखोरहरू पोटोम्याक नदीमा पठाइएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार विमान दुर्घटनापछि पानीमा बाँचेका यात्रुहरू खतरामा पर्न सक्छन्।

    अहिले वासिङ्टनको तापक्रम शून्य डिग्रीको आसपास छ। यस्तो अवस्थामा पानीमा खसेका मानिसलाई २०–३० मिनेटभित्र हाइपोथर्मिया हुन सक्छ।

    कन्सासका सिनेटर रोजर मार्शलले एक्समा भने– “मैले वाशिंगटन डीसीमा विमान दुर्घटना भएको खबर प्राप्त गरेको छु। हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं। हामी तपाईंलाई प्रत्येक यात्रु र तिनीहरूका परिवारहरूको लागि प्रार्थना गर्न अनुरोध गर्दछौं।”

    फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)का अनुसार अमेरिकी एयरलाइन्सको यो विमान रेगन नेसनल एयरपोर्ट (डीसीए) को रनवे ३३ तर्फ आउँदै गर्दा ब्ल्याकहक एच–६० हेलिकप्टरसँग ठोक्किएको हो । दुर्घटनाग्रस्त विमान स्थानीय उडानका लागि डिजाइन गरिएको सीआरजे ७०० बमबार्डियर विमान थियो र यसमा ६८ देखि ७३ जना यात्रुहरू बस्न सक्छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ