Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रचण्डद्धारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन


ग्लोबल पाना
बिहीबार , फागुन १ २०८१
  • 330
    SHARES

  • images
    प्रचण्डद्धारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन

    तम्घास, फागुन १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन् । बिहीबार मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरेक ा हुन् । उनले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरे ।

    images
    images
    images

    मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीय नागरिकहरुको  उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताए । उनले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याड भन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै  हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

    दोस्रो पटक गुल्मी आएका प्रचण्डको उपस्थितिले  यहाँका नागरिकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको यहाँका स्थानीयहरुको भनाइ छ । पालिका भित्र निर्माण गरिएका विकास निर्माणका कार्यहरुलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रत्यक्ष साक्षत्कार गराएका हुन् । केही समय पछि प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै छन् । त्यस पश्चात अध्यक्ष प्रचण्डले आजै  धुर्कोट गाउँपालिकामा निर्माण भएको शहिद पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ