Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रचण्डकाे निर्वाचन क्षेत्रका कार्यकर्ता एमाले प्रवेश


ग्लोबल पाना
सोमबार, फागुन १२ २०८१
  • 316
    SHARES

  • images
    प्रचण्डकाे निर्वाचन क्षेत्रका कार्यकर्ता एमाले प्रवेश

    काठमाडौं। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गोरखास्थित निर्वाचन क्षेत्रका माओवादीका एक दर्जन भन्दा बढी युवा नेकपा एमाले प्रवेश गरेका छन्। नेकपा एमाले जिल्ला कमिटी गोरखाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम नेपाल सरकारका संचार तथा सुचना प्रबिधि मन्त्री नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।

    images
    images
    images

    पार्टी प्रवेश गर्नेमा नेकपा पिपुल्स फोर्सका केन्द्रीय अध्यक्ष दीपक थापा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बारपाक सुलिकोट गाँउपालिका वाइसिएलका पूर्व अध्यक्ष रवित तामाङलगायत एक दर्जन युवा नेकपा एमाले प्रवेश गरेका हुन्। प्रचण्डलाई जिताएर प्रधानमन्त्री बनाउँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा केही काम नगरेको, राजनीतिक अस्थिरतामा देशलाई धकेलेको, स्पष्ट नीति नभएकोले पार्टी परित्याग गर्नु परेको युवा नेता तामाङले बताए।

    अब कम्युनिस्टको नीति सिद्धान्त भनेको एमालेमात्रै भएको दाबी गरे। उनले देशमा रहेका युवालाई देशमै रहन विभिन्न दक्षता र क्षमताको पहिचान गरि युवालाई अर्थोपार्जन गर्न युवामुखी कार्यक्रम गर्न नेकपा एमालेबाट नै सम्भव दीपक थापाले बताए। जिल्लामा तेस्रो पोजिसनमा रहेको एमालेलाई पहिलो बनाउने अठोट उनीहरूले लिएका छन्।

    कांग्रेस माओबादीको दबाबले कयौं मान्छे त्यहीँ गुम्सेर बसेको र उनीहरू छिट्टै एमालेमा प्रवेश गर्ने उनले बताए। अब गोरखामा एमाले बलियो बनाउन युवा पंक्ति जाग्नु पर्ने मन्त्री गुरुङले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ