Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल–चीन द्धिपक्षीय बैठक : कृषिवस्तु निर्यातमा सहजीकरणको आग्रह


ग्लोबल पाना
शुक्रबार, भदौ १३ २०८२
  • 256
    SHARES

  • images
    नेपाल–चीन द्धिपक्षीय बैठक : कृषिवस्तु निर्यातमा सहजीकरणको आग्रह

    काठमाडौं । नेपालले भैंसीको मासु ,दुग्ध पदार्थ,तरकारी फलफुल र जडीवुटि चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारी वीच विहिवार काठमाडौंमा भएको द्धिपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चीनियाँ पक्षले सकारात्मकरुपमा लिएको जनाएको छ । 

    images
    images
    images

    बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गर्नूभएको थियो भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चीनियाँ पक्षको नेतृत्व गर्नुभएको थियो । नेपालवाट थर्मलरुपमा प्रशोधीत भैसीको मासु र भैसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थहरु विशेष गरि घ्यु, नौनी ,वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ ।

    त्यस्तै हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि द्धिपक्षी बैठकमा नेपालले कुरा राखेको छ । नेपालले कुखुराको मासु र पञ्जा, तरकारी ,सुन्नतलाजन्य फलफुल,चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजिकरण गरिदिन पनि आग्रह गरेको छ । हाल नेपालवाट ३४ प्रकारका कृषि वस्तुहरु ६१ वटा कम्पनी मार्फत निर्यात हुदै आएको छ ।

    त्यस्तै हरियो घाँस हेलेज ५ वटा कम्पनी मार्फत चीन निर्यात हुदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीन सँग प्रस्ताव गरेको छ । बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्गले चीनले नेपालवाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताउनुभयो । एक सय भन्दा वढि देशहरुवाट यस्ता प्रस्तावहरु आउने गरेको भएपनि छिमेकी मुलुकको रुपमा हामीले नेपाललाई महत्व दिएर प्रयासहरु अघि बढाएका र्छौ बैठकमा उहाँले, भन्नुभयो ।

    व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह«ो र जटिल छैन,सहजीकरण गर्न हामी तयार छौं, उपमन्त्री वाङ्गले भन्नुभयो। बैठकमा कृषि मन्त्री अधिकारीले नेपालवाट मासु निर्यातका लागि आधारभुत सर्त खोरेत मुक्त क्षेत्र घोषणा गर्ने लगायतका प्रकृया देखि चीनको क्वारेन्टाइन मापदण्ड पुरा गर्नका लागि प्रयास भैरहेको र सुन्ताला जातका फलफुल निर्यातका केही सर्तमा चलकता अपनाइदिन समेत चिनियाँ पक्षलाई आग्रह गर्नूभएको थियो ।

    द्धिपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चीनियाँ पक्षले सहमती जनाएको छ ।

    बैठकमा मन्त्रालयका तर्फवाट सचिव द्धय डा. गोविन्द प्रसाद शर्मा, डा. दीपक कुमार खराल र सहसचिवहरु सहभागी रहनुभएको थियो भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ