Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कृषि मन्त्री अधिकारी र विश्व खाद्य कार्यक्रम( WFP) नेपालका प्रतिनिधि रियाज लोधी वीच भेटवार्ता


ग्लोबल पाना
बुधबार, भदौ १८ २०८२
  • 312
    SHARES

  • images
    कृषि मन्त्री अधिकारी र विश्व खाद्य कार्यक्रम( WFP) नेपालका प्रतिनिधि रियाज लोधी वीच भेटवार्ता

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सँग विश्व खाद्य कार्यक्रम (WFP)नेपालका प्रतिनिधि रियाज लोधीले भेटवार्ता गर्नुभएको छ । सिंहदरवार स्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक हकमा राखेको उल्लेख गर्दे नेपालको खाद्य अधिकार र पोषणको क्षेत्रमा कार्यक्रम मार्फत हुदै आएकोे सहयोग सहनीय रहेको र आगामी दिनमा थप प्राथामिकता तय गरि मन्त्रालय र कार्यक्रम वीच सहकार्य गर्न सकिने बताउनुभयो ।

    images
    images
    images

    मन्त्री अधिकारीले भन्नुभयो,‘प्रत्येक नागरिकले स्वस्थ र पोषणयुक्त खाना खान पाउनु पर्ने नैसर्गिक अधिकारको सुनिश्चतताका लागि खाद्य पदार्थको नियमित उपलब्धता र पहुँच सुनिश्चत गर्न विश्व खाद्य कार्यक्रमले गरेको सहयोग निरन्तर हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

    सोह्रौ पञ्चवर्षिय योजना, कृषि विकास रणनीति २०७२–९२, राष्ट्रिय पोषण रणनीति २०७७ लगायतका नीतिगत दस्तावेजमा खाद्य पदार्थमा पौष्टिक तत्व स्तरोन्नति गर्ने तथा स्थानीय रैथाने खानेकुराको प्रवद्र्दन गर्ने विषयलाई प्राथमिकताका साथ समेटेको उल्लेख गर्दे मन्त्री अधिकारीले यसको कार्यन्वयनका लागि पनि मन्त्रालय र मातहतका निकायमा विश्व खाद्य कार्यक्रमको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।

    भेटमा WFP का प्रतिनिधि लोधीले नेपालको खाद्य तथा पोषणका क्षेत्रमा कार्यक्रम मार्फत लामो समय देखि सहकार्य हुदै आएको र आगामी दिनमा मन्त्रलयले लिएको लक्ष्य प्राप्तिमा पनि कार्यक्रमले निरन्तर सहयोग गर्ने बताउनुभयो। जलवायु परिवर्तनका कारण कृषि खाद्य र पोषणका क्षेत्रमा पारेको प्रभाव न्युनीकरण गर्ने सन्दर्भमा मन्त्रालयको प्राथामिकताका आधारमा सहयोग अघि वढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

    विश्व खाद्य कार्यक्रमले अन्तराष्ट्रिय वित्तिय संस्थाहरुसँगको सहकार्यमा सरकारलाई कार्यक्रम कार्यन्वयनका लागि सहयोग गरिरहेको र मन्त्रालयले यस्ता क्षेत्रहरु तय गरेकमा कार्यक्रमा मार्फत थप सहयोग र सहकार्य हुन सक्ने प्रतिनिधि लोधीले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ