Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पालुङटारमा हाट बजार उद्घाटन हुदै, स्थानीय उत्पादनलाई प्रोत्साहन


ग्लोबल पाना
शुक्रबार, असोज ३ २०८२
  • 585
    SHARES

  • images
    पालुङटारमा हाट बजार उद्घाटन हुदै, स्थानीय उत्पादनलाई प्रोत्साहन

    गोरखा । पालुङटार नगरपालिका–४ बाह्रपिर्केमा असोज ९ गते हाट बजार उद्घाटन कार्यक्रम हुने भएको छ । नगर कार्यपालिकाको कार्यालय अन्तर्गत स्थानीय हाट बजार सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय उत्पादनलाई प्रोत्साहन दिइने जनाइएको छ ।

    images
    images
    images

    कार्यक्रममा कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल, अन्नबाली, जडीबुटी, मसला, कुखुरा, खसीबोका लगायतका कृषि उपज तथा उप–उत्पादन प्रदर्शनी र बिक्री वितरण गरिनेछ । साथै लघु उद्यमीहरूले तयार पारेका सामग्री र परिकारहरू पनि बजारमा उपलब्ध हुनेछन् ।

    नगरपालिकाले स्थानीय उत्पादनको बिक्री बढाएर कृषकलाई प्रत्यक्ष लाभ दिलाउने उद्देश्यले हाट बजार आयोजना गरिएको बताउँदै सम्पूर्ण कृषक तथा उपभोक्तालाई कार्यक्रममा सहभागी भई लाभ लिन आह्वान गरेको छ ।

    उद्घाटनको अवसरमा स्थानीय झाँकी तथा नृत्य प्रस्तुत गरिनेछ भने कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ