धरान । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रोप्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको प्रो-एम उपाधि शुक्र बहादुरराईको टिमले जितेको छ। पार-७० धरान गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा शुक्रसहित एमेच्योर सोम गुरुङ, पूर्ण लिम्बु र आवास भट्टराई सम्मिलितटोलीले कुल १५८ अंक जोड्दै उपाधि हात पारेको हो।
पूर्व नेपालनम्बर एक प्रो शुक्रले ३७ अंक बनाए। उनले काउन्ट ब्याकमा सञ्जयलामालाई पछि पारे। एमेच्योरतर्फ सोमले सर्वाधिक ४२ अंक जोड्दापूर्णले ४० र आवासले ३९ अंक जोडे। प्रो सञ्जय लामा तथा एमेच्योर लोकेन्द्र राई, दिवस तुलाधर रमानबहादुर लिम्बु सम्मिलित टोली १५० अंकसहित दोस्रो बन्यो।सञ्जय र मनबहादुरले समान ३७ अंक जोडे भने लोकेन्द्र र दिवसलेसमान ३८ अंक प्राप्त गरे। प्रो बलभद्र राई तथा एमेच्योर मेजर जनरल नकुलबहादुर रायमाझी,सिद्धान्त सापकोटा र वसन्त राईको टोली १४६ अंकसहित तेस्रोस्थानमा रह्यो।
स्थानीय अनुभवी प्रो बलभद्र र एमेच्योर बसन्तले समान३६ अंक जोडे भने नकुल र सिद्धान्तले ३७/३७ अंक बनाए। महिलातर्फ बिना सापकोटाले ३० अंकसहित महिलातर्फ उत्कृष्टव्यक्तिगत स्कोरको पुरस्कार जित्न सफल रहिन्। यस्तै मेजर जनरलनकुलबहादुर रायमाझीले लङ्गेस्ट ड्राइभ र उज्ज्वल राईले क्लोजेस्टटु द पिनको उपाधि जिते। स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा खेलाइएको प्रतियोगितामा१५ प्रो र ५५ एमेच्योर गरी कुल ७० गल्फरले सहभागिता जनाएकाथिए। नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई र कोशी प्रदेश गल्फसंघका अध्यक्ष सुयश प्याकुरेलले विजयी खेलाडीहरुलाई पुरस्कारप्रदान गरे। यसअघि शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको प्रतिस्पर्धामानेपाल नम्बर एक प्रो निरज तामाङले कुल १५-अन्डर १ सय २५स्कोरसहित उपाधि जितेका थिए।
एमेच्योर राहुल विश्वकर्मा ९-अन्डर१ सय ३१ स्कोरसहित दोस्रो भए। बलभद्र राई ६-अन्डर २ सय ४स्कोरसहित तेस्रो स्थानमा रहे। दिनेश प्रजापतिले २ सय ७स्कोरसहित चौथो स्थान हासिल गर्दा टंकबहादुर कार्की र भुवननगरकोटीले पाँचौं स्थान बाँडे। प्रतियोगिताको कुल नगद पुरस्कारराशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


