काठमाडौं । काठमाडौं महानगरपालिका–१५ विजेश्वरीमा अवस्थित लिटल बुद्धज एकेडेमी आवासीय माध्यमिक विद्यालयले “स्वस्थ जीवन, स्वच्छ वातावरण” भन्ने सन्देशसहित कौशी खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागितामा सचेतनामूलक र्याली कार्यक्रम आयोजना गरेको छ। विद्यालय प्राङ्गणबाट सुरु भएको उक्त र्याली भगवानपाउ हुँदै पुनः विद्यालय प्राङ्गणमै आएर समापन गरिएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक तथा प्रिन्सिपल नारायण कुमार कार्कीले आजको व्यस्त शहरी जीवनशैलीमा स्वास्थ्य सुरक्षाका लागि अर्गानिक खानाको विकल्पका रूपमा कौशी खेती अत्यन्त उपयोगी रहेको उल्लेख गर्नुभयो। उहाँले बालबालिकालाई सानै उमेरदेखि वातावरणमैत्री सोच र आत्मनिर्भर जीवनशैलीतर्फ अभिमुख गराउनु विद्यालयको दायित्व भएको धारणा व्यक्त गर्नुभयो। यसैबीच, विद्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि नयाँ भर्ना खुला गरेको छ।
करिब तीन दशकदेखि सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले पठन–पाठनमा उत्कृष्ट तथा खेलकुदमा निपूर्ण विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति व्यवस्था समेत गरेको जनाएको छ। “दबाब होइन, हौसला सहितको गुणस्तरीय संस्कारी शिक्षा” भन्ने मूल नारासहित बालमैत्री शैक्षिक वातावरणमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्न विद्यालय निरन्तर प्रतिबद्ध रहेको प्रिन्सिपल कार्कीले बताउनुभयो। अभिभावकहरूको निरन्तर विश्वास, साथ र सहयोगकै कारण विद्यालयले आफ्नै निजी भवन निर्माण सम्पन्न गरी शैक्षिक तथा भौतिक पूर्वाधार थप सुदृढ बनाएको विद्यालयको दाबी छ।
विद्यालयमा आधुनिक मापदण्डअनुसारका प्रकाशयुक्त तथा फराकिला कक्षा, प्रशोधित पिउने पानी, सुरक्षित र स्वच्छ वातावरण, स्मार्ट बोर्डसहित प्रविधिमैत्री शिक्षण पद्धति लागू गरिएको छ। साथै, कराते, फुटबल, स्काउट, कबड्डी, चेस, संगीत, नृत्य, योगलगायत अतिरिक्त क्रियाकलापमा प्रमाणपत्रसहितको प्रशिक्षणको व्यवस्था गरिएको छ। विद्यालयका अनुसार एस।एल।सी। तथा माध्यमिक शिक्षा परीक्षामा विगत २५ वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा हासिल हुँदै आएको छ।
वार्षिक तथा त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार र मासिक शुल्कमा आंशिक छुट प्रदान गरिने व्यवस्था पनि गरिएको छ। शैक्षिक कार्यतालिका अनुसार पौष २१ गतेदेखि माघ ८ गतेसम्म PG/NRS/KG कक्षामा भर्ना हुन चाहने बालबालिकाका लागि निःशुल्क भर्ना खुला गरिएको विद्यालयले जनाएको छ। त्यस्तै, माघ ९ गते श्रीपञ्चमी (सरस्वती पूजा) को अवसरमा अक्षरारम्भ, विद्यार्थी भर्ना, सांस्कृतिक कार्यक्रम, टीका–प्रसाद तथा उपहार वितरण कार्यक्रम आयोजना गरिनेछ।
गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्याउने दृढ संकल्पका साथ लिटल बुद्धज एकेडेमीले अभिभावकहरूलाई आफ्ना सन्तानको उज्ज्वल भविष्यको आधार यहीँबाट निर्माण गर्न आग्रह गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


